अध्यावाधिक गरिएको : टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

इनेप्लिज २०७९ माघ २५ गते १२:०९ मा प्रकाशित

अध्यावाधिक गरिएको : टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या कम्तीमा ११,१०४ पुगेको अधिकारीहरूले जनाएका छन् ।

टर्कीमा मृत्यु हुनेको संख्या कम्तिमा ८,५७४ पुगेको छ भने करीव ५० हजार अन्य घाइते भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए ।

सिरियामा सरकारी नियन्त्रित क्षेत्र र विद्रोही नियन्त्रित क्षेत्रहरूमा कम्तिमा २,५३० व्यक्तिहरुको ज्यान गएको बताईएको छ ।

सहायता सँस्थाहरू र आपतकालिन कामदारहरूले भग्नावशेषमा अझै धेरै मानिसहरू फसेका र चिसो मौसमले उद्धार कार्यमा बाधा पुर्‍याएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

प्रतिक्रिया