जब आफूसंग भएको पैसा सकिन्छ ,भएको जागीर खुस्कन्छ, नचाहेर पनि गरिबी आउछ : केही महत्वपूर्ण टिप्सहरू

इनेप्लिज २०७९ माघ २४ गते २२:५२ मा प्रकाशित

परशुराम भण्डारी ,भर्जिनिया अमेरिका ।

१ जीवनको सबै भन्दा महत्वपूर्ण समय भनेको जवानीको समय हो , जवानीको समय भनेको करीब २५ देखि ३५ बर्षको नै हो । आफ्नू भबिष्य कस्तो बनाउने भन्ने समय नै यही समय भएकोले यो समयमा गरिने निर्णयहरू बहुमत बिबेक पुर्याएरै गर्नु पर्छ । नेपालमा निजामति सेवामा प्रबेश गर्नका लागि ३५ बर्ष मुनिको समय भनेर त्यसै राखिएको थिएन ।

२ तपाईले जीवनमा भेटेका हरेक ब्यक्तिहरू साथी हुदैनन , तपाईको साथी त्यो हो जस्ले तपाईलाई मृत्यु हुने समयसम्म साथ दिन्छ त्यो मात्रै सच्चा साथी हो । तपाईको अप्ठ्यारोमा पछाडि हट्ने वा तपाईको बारेमा अर्को साथीसंग तपाईकै कुरा काट्ने साथी सही साथी हुन्न । समाजमा भेटे जति सबैलाई साथी संझदा फसिन्छ । साथी र आफन्त कठिनाईमा मात्रै थाहा हुन्छ ।

३ जब आफूसंग भएको पैसा सकिन्छ ,भएको जागीर खुस्कन्छ, नचाहेर पनि गरिबी आउछ। शरीरमा रोग लाग्छ , उमेर ढल्दै जान्छ , त्यो समयमा तपाईको साथी र आफन्त चिनिन्छ । जस्ले त्यो समयमा मन बचन र कर्मले साथ दिन्छ त्यो मात्रै तपाईको साथी वा आफन्त हुन्छ ।

४ तपाई कसैको रूपलाई हेरेर माया गर्नु हुन्छ भने त्यहां तपाईको स्वार्थ लुकेको हुन्छ । तर गुणलाई हेरेर माया प्रेम गर्नु भएको छ भने त्यो जुगौ जुग टिक्न सक्छ , तपाई रूपलाई मात्रै हेरेर प्रेम गर्नु हुन्छ भने त्यो क्षणिक नै हुन्छ । तपाईले देखेका रूपवती महिला पुरूषको संबन्ध हेर्नुस त अनि गुणवतीसंगको वा गुणवानसंगको संबन्ध हेर्नुस त ! कति फरक छ ।

५ तपाईको घरमा गरीब मानिस आयो भने तपाईको हेर्ने दृष्टिकोण नै फरक हुन्छ तर तपाईको घरमा यदी धनी मान्छे आयो गरीवको तुलनामा धनी मानिस नाताले अलिक टाढा नै भए पनि त्यो धनी साख्ये नजिकको १३ दिने हुन्छ , तर तपाईको १३ दिने नजिकको आफन्त गरीव छ भने तपाईको उसलाई हेर्ने दृष्टिकोण दाजुभाइ पर्ने भन्ने हुन्छ ।

६ तपाईसंग प्रशस्त धन छ तर तपाईसंग बिध्या छैन भने तपाईको धनलाई मानिसहरूले त्यति महत्व दिदैनन तर तपाईसंग धन पनि छ बिध्या पनि छ भने तपाई समाजमा पूजनीय हुनुहुन्छ । बिध्या आर्जन गर्नका लागि पैसा चाहिन्छ तर पैसा आर्जनका लागि बिध्या नै नभए पनि हुन्छ तर पनि बिध्या बिनाको पैसालाई बिद्दानहरूले चाहि महत्व दिदैनन ।

७ हरेक ब्यक्ति “ जमानाको जांतोमा समयको सातु पिध्न सक्ने “ हुनुपर्छ । नयां प्रबिधिबाट टाढा रह्यौ भने जीवनमा कहिलै प्रगति हुनै सक्दैन । समयको बेग भन्दा फरक ध्रुबतिर लागियो भने गन्तब्यमा पुगिन्न ।

८ महिलालाई सम्मान गर्ने मानिस समाजमा पूजनीय हुन्छ । सबै महिलाहरूलाई माता कै रूपमा हेरियो भने कहिलै महिलाबाट अपमान हुन पर्दैन । घरमा प्रियसीसंग मीठो बोल्ने मानिसले घरमा कहिलै नमिठो खान पर्दैन ।

९ तपाईले देखे जति सबै आफ्नो हुंदैन तपाईसंग जति छ त्यसमा आनन्द लिनुस , कर्म गर्न नछोड्नुस तर फलको आशा त्यति धेरै नगर्नुस , पर स्त्री र अर्काको धनलाई बराबर हेर्नुस । आफूसंग जे छ त्यसैमा खुशी हुन सिक्नुस ।

१० तपाईले जीवनभर कमाएको भने तपाईको असल कर्म मात्रै हो , तपाईको बचत वा संचित धन भनेको तपाईले गरेको दान मात्रै हो , यदी तपाई आफ्ना छोरा छोरीका लागि भनेर धनका पछाडि दौडनु भयो भने भबिष्यमा तपाई दुखी हुनुहुनेछ , यदि तपाई उनीहरूका लागि धन जोड्न लाग्नु भयो भने उनीहरु अल्छि हुनेछन्, परिश्रम बिनाको धनको आसक्तिले मानिसलाई रोगी बनाउने छ ।

११ जहिले पनि मसंग मेरा बुबा आमा होइन बुबा आमासंग म बसेको छु भन्नुस । यदि अहिले तपाईका बुबा आमा तपाईले बनाएकै घरमा हुनुहुन्छ भने पनि त्यो घर मेरो होइन , मेरा बुबा आमाको भन्नुस , तपाईलाई यत्तिको बनाउनका लागि बुबा आमाले कति मिहनेत गर्नु भयो होला एकपटक बुबाको टोपी खोलेर थाप्लो हेर्नुस ।

१२ तपाईको जिउदो भगवान भनेको तपाईको बुबा आमा मात्रै हो , घरमा रहनु भएका भगवानलाई बिर्सेर ढुंगाका भगवान खोज्नु भनेको कस्तुरीले आफूसंग भएको बिनाको बास्न खोज्न दौडनु जस्तै हो ।

१३ दुनियामा तपाईका कारण सबै भन्दा बढी दुख पाउने भनेको तपाई/ हाम्री आमा नै हो । एकपटक संझनुस त तपाईलाई १० महिना पेटमा बोक्न , जन्म दिन अनि तपाई हाम्रो दिशा पिसावमा हरेक रात डुब्ने आमा बाहेक को हुन्छ ? आफ्नी आमाको आंखाबाट कहिलै आंशु झार्ने काम गर्नु हुन्न , यदि तपाईका कारण बुबा आमाको आखाबाट आशु झरे भने तपाईले कहिलै सुख पाउनु हुन्न । बुबा आमाको आसुमा तपाईका लागि श्राप बर्सिरहेको हुन्छ यदी बुबा आमाका आखाका आसुका कारण तपाई हो भने । बुबा आमालाई खुशी बनाउने छोरा छोरी कहिलै दुखित हुदैनन ।

१४ सुखको कारण संपति / पद र प्रतिष्ठा भन्ने मानिसहरू जीवनमा सबै भन्दा दुखी देखिन्छन । सामाजिक क्षेत्रमा अहोरात्र खट्ने मानिस सधैभरी काम गरेर धेरै धन कमाउने भन्दा धेरै सुखी देखिन्छन ।

१५ दान गर्ने मानिसहरू दान नगर्नेका तुलनामा धेरै खुशी देखिएका छन । ऊनीहरूको सन्तानहरूको पनि प्रगति भएको देखिन्छ । अहंकार आगो हो जस्ले बिष र अमृत चिन्दैन । तपाई धनको पदको योग्यताको अहंकार गर्न थाल्नु भयो भने संझनुस अब तपाईका दुखका दिनहरू शुरू भए।

१६ आफ्ना लागि सबै बांचेका हुन्छन तर अरूका लागि बाच्न सिक्नु पर्छ तर आफ्नो अस्तित्व चै राखेर बांच्न सिक्नु पर्छ ।

१७ सत्य कुरा सधै सत्य नै हुन्छ , कुनै पनि लाभ हुन्छ भनेर असत्य बोल्न पनि हुन्न र गर्न पनि हुन्न ।

प्रतिक्रिया