प्रदेश सभा –प्रदेश प्रमुख खापुङ्ग सम्बोधन

इनेप्लिज २०७९ माघ २४ गते २०:३० मा प्रकाशित

विराटनगर, २४ माघ(रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ ।

नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गरेको छ भन्दै पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायापालिका, सुशासन, कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य र मन्यतामा आधारित रहि समृद्ध राष्ट्र निर्माण गर्ने अङ्गिकार गरेको छ भन्नुभयो ।

प्रदेश प्रमुख खापुङले संविधानले सङ्घ, प्रदेश र स्थानीय तह समेत तीन तहमा स्थापित सरकारहरुबीच राज्य शक्त्ति र अधिकिारको बाँडफाँट स्पष्ट गरेको छ बताउँदै नेपालको सङ्घीय शासन प्रणालीको अभ्यासको आरम्भ हुँदैगर्दा प्रदेश सभा, प्रदेशका नागरिकहरुको आवाज मुखरित गर्ने विश्वसनीइ थलोको रुपमा विकसित भइरहेको धारणा राख्दै सङ्घीयता लोकतन्त्र र गणतन्त्रप्रत जनभरोसा बढाउने कार्यमा प्रदेश सरकार लागि पर्नु पर्ने बताउनुभयो ।

उहाँले पहिलो प्रदेश सभाले सफलतापूर्वक आफ्नो पूर्ण कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै पहिलो कार्यकालको अवधिमा प्रदेश सभा र प्रदेश सरकारका आधारभूत संरचनाको निर्माण तथा नीति र प्रदेश कानूनको निर्माणमा उल्लेखनीय कार्य भएको बोल्नुभयो ।

उहाँले विगतमा १० वटा अधिवेशनबाट ६२ वटा सरकारी विधेयकहरु पारित भएर प्रमाणीकरण भइ प्रदेश कानूनको रुपमा लागु भएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधान कार्यान्वयनप्रतिको दायित्व, प्रादेशिक विकासका लागि तर्जुमा भई प्रदेश सरकारबाट निर्माण एवं उत्पादन जस्ता कार्य सकारात्मक हो भन्नुभयो ।

प्रमुख खापुङले प्रदेश सरकारले शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वन पर्यटन लगायत पूर्वाधार निर्माण र आर्थिक विकास तथा सामाजिक न्यायलगायतका जनताले प्रत्यक्ष अनुभूति गर्ने क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै सरकारले सेवा प्रवाह क्षेत्रमा रहेको असहज परिस्थितिको अन्त्य पनि गरेको धारणा राख्नुभयो ।

सुशासनको माध्यमबाट प्रदेशका जनताको सुख, समृद्धि र प्रगतिका लागि निरन्तर लागि रहनु पर्ने भावनालाई प्रदेश सरकारले आत्मसात गरेको छ भन्दै प्रदेश प्रमुख खापुङले सङ्घीयताको सफल कार्यान्वयनबाट यस प्रदेशको नागरिकहरुको सुख, समृद्धिको अनुभूति गराउन प्रदेश सरकार सफल रहोस् शुभकामना दिनुभयो ।

उहाँले नागरिकमैत्री कानून निर्माण गरी प्रदेशको सन्तुलित एवं दिगो विकास र सुशासन कायम गर्ने कुरा सांसदहरुको भूमिका रचनात्मक र सिर्जनात्मक रहनसकोस् शुभकामना दिँदै विभित्र आन्दोलनमा शहीद भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगित भएको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो । प्रदेश प्रमुख खापुङको सम्बोधन पछि १५ मिनत स्थगन भएको सदन पुनः सुचारु भएपछि सभामुख गौतमबाट पेश भएको निर्णयार्थ धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

प्रतिक्रिया