सिरियामा भवनमुनि फसेकी एक गर्भवती आमाले भग्नावशेषमुनि बच्चालाई जन्म दिइन् ,बच्चाको उद्धार र आमाको मृत्यु

इनेप्लिज २०७९ माघ २४ गते १२:२३ मा प्रकाशित

सिरियाको एलेप्पोमा गत सोमबार आएको विनाशकारी भूकम्पपछि भत्किएको भवनमुनि फसेकी एक गर्भवती आमाले भग्नावशेषमुनि आफ्नो बच्चालाई जन्म दिइन् तर उद्धारकर्मीहरूले उनीसम्म पुग्न अघि नै उनको मृत्यु भएको स्थानीय कार्यकर्ताहरूले बताए ।

उनको नवजात शिशुलाई उद्धारकर्मीहरूले बचाएका थिए भनि सिबिएसन्युजले समाचार लेखेको छ ।

एक सिरियाली स्वयंसेवी संगठनले कत्मा गाउँमा भूकम्पको भग्नावशेषबाट एक बालकलाई जिउँदै निकालिएको अङ्कियदृश्य (भिडियो) साझा गरेको थियो ।

सिरिया र टर्कीमा सोमबारको ७.८ परिमाणको भूकम्प र धेरै परकम्पबाट मृत्यु हुनेको संख्या मंगलबार ५,००० नाघेको छ ।

१२ वर्षको क्रूर गृहयुद्धपछि पहिले नै शरणार्थी संकटमा परेको सिरियाले विशेष कठिनाइको सामना गरिरहेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र सिरियाली राष्ट्रपति बसर अल-असदद्वारा नियन्त्रित सरकारी नियन्त्रित क्षेत्र र टर्कीको सिमानामा रहेको र सरकारी सेनाले घेरिएको विपक्षी नियन्त्रित क्षेत्रबीच विभाजित भएको छ।

तस्बिर कृतज्ञता ग्रिक सिटी टाइम्स

प्रतिक्रिया