अध्यावधिक गरिएको : टर्की र सिरियामा गत सोमबार बिहान ७.८ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएपछि कम्तिमा ५,०३४ जनाको मृत्यु भएको पुष्टि भएको छ। टर्कीको प्रकोप समन्वय केन्द्र (एकेओएम) ले मंगलबार टर्कीमा मृत्यु हुनेको संख्या कम्तिमा ३,४३२ पुगेको जानकारी दिएको छ ।
एकेओएमका अनुसार काहरामनमारास, गाजियन्टेप, शानलिउर्फा, दियारबाकिर, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या प्रान्तमा मृत्यु भएको उल्लेख गरेको छ ।
टर्कीमा कम्तिमा २१ हजार १०३ जना घाइते भएका छन । लगभग २६,००० खोज र उद्धारकर्मीहरू अभियानमा संलग्न छन ।
देशभरी २,७ ६९ कर्मचारीहरू प्रकोप क्षेत्रमा खटाइएको छ। सिरियामा सरकारी नियन्त्रित क्षेत्र र विपक्षी नियन्त्रित क्षेत्रहरूमा मृत्यु हुनेको संख्या १,६०२ पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरुका अनुसार देशभरि कम्तिमा ३,६४९ जना घाइते भएका छन् ।
प्रतिक्रिया