युरोपेली संघका अधिकारीहरूद्वारा जेलेन्स्कीलाई ब्रसेल्स भ्रमण गर्न “खुला निमन्त्रणा”

इनेप्लिज २०७९ माघ २४ गते १:१६ मा प्रकाशित

युरोपेली संघका (ईयू)का अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ब्रसेल्स भ्रमण गर्न “खुला निमन्त्रणा” रहेको बताएका छन्।

युरोपेली संघका एक अधिकारीले “राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ब्रसेल्स भ्रमण गर्न खुल्ला निमन्त्रणा छ,” तर बेल्जियमको राजधानीमा हुने युरोपेली नेताहरूको बैठकमा उनी उपस्थित हुने या नहुने बारे टिप्पणी गरेनन ।

जेलेन्स्कीलाई गत शुक्रबार कीभमा युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँगको पत्रकार सम्मेलनमा ईयू नेताहरूलाई सम्बोधन गर्न ब्रसेल्स जाने कि भनेर सोधिएको थियो।

“त्यहाँ महत्त्वपूर्ण जोखिम छ र चार्ल्सलाई यसको बारेमा थाहा छ। हामीले यसबारे धेरै पटक छलफल गरेका छौं, ”जेलेन्स्कीले भने।

“म साँच्चै यात्रा गर्न चाहन्छु,” उनले भने, तर “मेरो विदेश यात्रामा ठूलो जोखिम छ।”

गत डिसेम्बरमा जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट्न र अमेरिकी कांग्रेसलाई सम्बोधन गर्न अमेरिका आएका थिए।

युक्रेनी राष्ट्रपति आगामी फेब्रुअरी ९-१० मा निर्धारित एक असाधारण दुई दिने शिखर सम्मेलनमा युरोपेली संघका नेताहरूलाई सम्बोधन गर्न यात्रा गर्न सक्नेछन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

युक्रेनले आधिकारिक रूपमा युरोपेली संघमा सामेल हुन आवेदन दिएको छ र युक्रेनलाई जुन २०२२ मा युरोपेली संघ उम्मेद्वारको दर्जा दिइएको थियो

प्रतिक्रिया