अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको भूकम्प पछि मृत्यु हुनेको संख्या ३ हजार ८ सय ३० पुग्यो

इनेप्लिज २०७९ माघ २४ गते ०:२५ मा प्रकाशित

अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको भूकम्प पछि मृत्यु हुनेको संख्या ३ हजार ८ सय ३० पुगेको छ ।

टर्की र सिरियामा सोमबार बिहानै गएको ७.८ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्पपछि कम्तीमा ३ हजार ८ सय ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीमा मृत्यु हुनेको कुल संख्या २ हजार ३ सय ७९ पुगेको टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले बताए ।

सरकारी समाचार एजेन्सी(सँस्था) सानाका अनुसार सिरियामा सरकारी नियन्त्रित क्षेत्रमा ७ सय ११ जनाको मृत्यु भएको छ।

व्हाइट हेल्मेट्स भनेर चिनिने सिरियाली नागरिक रक्षा (सिभिल डिफेन्स)ले विपक्षी नियन्त्रणमा रहेका क्षेत्रमा ७ सय ४० जनाको मृत्यु भएको बताएको छ।

सिरियामा ३,५३१ र टर्कीमा १४,४८६ घाइतेको कुल सङ्ख्या बढेको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया