तितो सत्य रबिको मुख बाट सार्वजनिक भयो

इनेप्लिज २०७९ माघ २३ गते १५:०८ मा प्रकाशित

खगेन्द्र अधिकारी, ग्रेटर वासिंटन, डि.सी. । तितो सत्य रबि लामिछानेले हिम्मतले सार्वजनिक रुपमै बोलिदिए।

सहासिक व्यक्तित्व हाम्रा गोर्खाली भाई रबि लामिछानेलाई धेरै नै धन्यवाद!

नेपालमा नामका खातिर मान पाएका एक दर्जन पत्रकार भाईहरु मिलेर प्रेस विज्ञप्ति निकालेछन् अनि के भो त? यिनीहरुले रबि लामिछानेको खेदो गर्न अहिलेबाट मात्र सुरु गरेका हुन र ? जब रबि लामिछाने नेपाल फर्किएर उनिहरु भन्दा अब्बल दर्जाको पत्रकार बन्न सफल भएर निक्लिए तब देखि उनलाई उनिहरुले खेदो गर्दै लखेट्न थालेका हुन्।

सम्पूर्ण षड्यंत्रकारीहरुलाई चेतना भया राष्ट्र-हित र जनप्रिय भएर यो जुनिमा चैं रबि लामिछानेसँग टिकेर तिमीहरु कसैले पनि नियम पूर्वकको खेल खेल्न चैं गाह्रै छ भन्ने निस्चित नै भएको छ।

समय बलवान छ, प्रकृतिसंग सम्झौता गरेको र सहकार्य गरेको चैं अति उत्तमोत्तम हुनेछ। आगे आपकी मर्ज़ी।

१२ को छिद्र १३ ले देख्छ,अर्थात् एउटाको कमजोरी अर्कोले मात्र देख्छ।आम जनलाई चैं हातलागि के हुने? मातृभूमिमा नै केही गर्छु भन्नेहरू सबै बिलाएर गए। केही लागेन रबि लामिछानेलाई सबै पक्षका षड्यंत्रकारीहरु मिलेर देशैबाट धपाई दिएको भए भै हाल्थ्यो नि। आफ्नै नेपाली नागरिकलाई राज्यबिहिन बनाए षड्यंत्रले स्थायित्व पाँउन मुस्किल छ।

कानून र बिबेक हराएको राज्यका सबै निरंकुशहरुबाट अमानवीय र अनावश्यक रुपमा लखेटिएको आकासे नागरिक रबि लामिछाने हुन्।

कम-से कम तपाईको साथमा अत्योधिक देशभक्त र मातृभूमि प्रिय स्वदेशी एवं प्रवासी नेपालीहरु जिउँदै छन्, आफ्नो देश र जनहितको प्रतिको कुशल कार्यमा लागि रहनु होला समग्रतामामा सबै नेपाली र सरोकारीहरुको सार्वजनिक साथ र समर्थन मरेको छैन रहि रहनेवाला छ।

समग्र कुशल एवं मंगल सोचमा बिस्वास गर्नु हुनेहरुमा अभिवादन प्रकटीकरण गर्दछु।

धन्यवाद,

अस्तु!

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया