लघुकथा-विवाहको प्रस्ताव

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २३ गते ११:३४ मा प्रकाशित

पढाइ पनि सकिएको र उमेर पनि पुगेको हुँदा समीक्षाको विवाह गर्ने कुरा चल्न थाल्यो । आफ्नी छोरीको विवाह कुल घरानमा होस् भन्ने हरेकको चाहना हुन्छ त्यस्तै भयो । त्यहाँ पनि समीक्षाको बाबुआमा राम्रो वरको खोजिमा लागे ।

प्रकाश राम्रो पनि छ, पढे लेखेको र राम्रो व्यवसायी, उसैसँग कुरा चलाउनु पर्छ मदनबहादुरले प्रस्ताव राखे । मदनबहादुर समीक्षाको छिमेकी र हितचिन्तक पनि थिएँ ।

उनको कुरा सुनेपछि समीक्षाका बाबुले पुरानो कुरा सम्झे र भने “त्यो कतै समीक्षासँगै पढ्ने उसैको साथी त होइन ?”

“हुन सक्छ समीक्षालाई नै सोधेर हेरौ ।” समीक्षाका अगाडि खुसी र दुःख एकैसाथ मिसिएर आयो । प्रकाश जसलाई उसले विद्यार्थी जीवनमा पाखे भनेर घृणा गर्ने गर्थी । माया गरेर बोलाउँदा पनि अवहेलना गर्थी, उही आज उसको जीवन साथीको रुपमा अगाडि आएको छ ।

उसले सोची “आज ऊ यति धेरै पढेर माथि पुग्छ भन्ने थाहा पाएको भए हिजो किन घृणा गर्थे र ? धिक्कार छ मेरो अबुझपनलाई । मान्छेलाई बाहिरी आवरणले मात्र होइन भित्री गुणका आधारमा हेर्नु पर्दो रहेछ । अब मैले कसरी मुख देखाउनु उसका सामु ।” यस्तै सोचेर पश्चाताप गर्न लागी ।

उता प्रकाशसँग विवाहको प्रस्ताव लैजाने तैयारी हुँदै थियो ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया