डिसीमा शनिबार छुट्टाछुट्टै गोली हानाहानमा ३ जनाको मृत्यु ,४ जना घाइते

इनेप्लिज २०७९ माघ २२ गते २०:४० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा शनिबार छुट्टाछुट्टै गोली हानाहानमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरी बिभागले जनाएको छ ।

पहिलो घटना घरेलु प्रकृतिको भएको थियो भने घटना बिहान ५ बजे तिर उत्तरपूर्व डिसीमा भएको थियो । प्रहरीले पीडितको पहिचान डीसीका पूर्वउत्तरका ग्रेगरी विल्किन्स भएको बताएका छन् ।

उत्तरपूर्वका २७ वर्षीय डायमंड स्टीभेन्सनलाई विल्किन्सको मृत्यु भएकोमा दोस्रो श्रेणीको हत्याको आरोप लगाइएको छ ।

त्यस्तै प्रहरी अधिकारीहरूले ४:४५ बजेतिर दोस्रो गोलाबारीको खबर प्राप्त गरे पछि उत्तरपश्चिमको स्प्रिंग सडकमा बन्दुकको गोलीबाट घाइते भएका एक व्यक्तिलाई भेट्टाएका थिए । उत्तरपश्चिमका ३९ वर्षीय आरोन रोबिन्सनलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो ।

तेस्रो घातक गोलीबारी बेलुका ७:२० बजे भएको थियो। मेरिल्याण्ड सिमानाको दक्षिणपूर्वमा प्रहरीले गोली लागेर एकजना मृत अवस्थामा फेला पारेका थिए ।

त्यसै गरि शनिबार राती विभागले दक्षिणपूर्व डिसीमा दुई स्थानमा गोलाबारी हुँदा तीन जना मानिसहरुलाई घाइते अवस्थामा प्रहरीले फेला परेका थिए । प्रहरीले शंकास्पद व्यक्तिलाई हिरासतमा लिएका थिए भने पछि व्यक्तिलाई छोडिएको थियो।

उक्त घटना घटेको १५ मिनेट पछि गोली लागेर एक किशोर घाइते भएको र उनी होशमा रहेको प्रहरीले बताए ।

प्रतिक्रिया