अमेरिकी डेमोक्रयाटिक दलले राष्ट्रपतीय प्राथमिक निर्वाचन आएवामा नगरी साउथ क्यारोलाइनामा गर्ने

इनेप्लिज २०७९ माघ २२ गते १७:४९ मा प्रकाशित

अमेरिकी डेमोक्रयाटिक दलले राष्ट्रपतीय प्राथमिक निर्वाचन आएवामा नगरी साउथ क्यारोलाइनामा गर्ने भएको छ ।

आगामी २०२४ को लागि हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको लागि डेमोक्र्याटिक दलले सदैव हुने आएवा राज्यबाट साउथ क्यारोलाइनामा गर्ने भए पछि भूकम्प आएको छ ।

डिएनसीले गत शनिबार आधिकारिक रूपमा आफ्नो नयाँ प्रारम्भिक पात्रो पारित गरेको छ ।

राष्ट्रपति जो बाइडेनले समर्थन गरेको यो योजनाले फेब्रुअरी ३, २०२४ मा साउथ क्यारोलाइनालाई राष्ट्रपतिको प्राथमिक निर्वाचन पहिलो राज्य बनाउने भएको छ ।

त्यसपछि तीन दिनपछि न्यु ह्याम्पशायर र नेभाडामा प्राथमिक निर्वाचन हुने छन । यो प्रस्तावले अन्य राज्यहरू जर्जिया र मिशिगनलाई अर्को मितीमा सार्ने भएको छ ।

१९७२ देखि आएवालाई डेमोक्र्याट दलले प्राथमिक निर्वाचन प्रक्रिया सुरु गरेको थियो।

प्रतिक्रिया