युक्रेनको डोनेट्स्क क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परि चार जनाको मृत्यु, ११ जना घाइते

इनेप्लिज २०७९ माघ २२ गते १३:३६ मा प्रकाशित

पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमण र गोलाबारीमा परि चार जनाको मृत्यु भएको छ । साथै अन्य ११ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले आइतबार बताए ।

युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा प्रकाशन गरेको आक्रमणले ध्वस्त भएको पाँच तले भवनबाट आपतकालीन सेवाहरूले नौ जनालाई उद्धार गरेको छ। ड्रुझकिभ्का शहरमा दुईवटा क्षेप्यास्त्र आक्रमण पछि चार वटा अग्लो भवन र एउटा बालमन्दिर (किन्डरगारटेन )क्षति पुगेको छ ।

यस क्षेत्रमा अन्य ठाउँमा गोलाबारीबाट धेरै घर र भवनहरू ध्वस्त भएको सिएनएनले समाचार लेखेको छ ।

तस्बिर कृतज्ञता : डोनेटस्क क्षेत्रीय अभियोजक कार्यालय

प्रतिक्रिया