टेक्ससमा हत्या गरिएकी आमा हेइडी ब्रुसार्डको साथीलाई ५५ वर्षको कारागार सजाय

इनेप्लिज २०७९ माघ २२ गते १:०२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ट्राभिस काउन्टी जिल्ला अधिवक्ताको कार्यालयका अनुसार हेइडी ब्रुसार्डको हत्या र पीडितको शिशुलाई अपहरण गरेको आरोपमा टेक्सासकी एक महिलालाई ५५ वर्षको कारागार सजाय सुनाइएको छ।

३७ बर्षिय म्यागेन फिएरामस्काको निवास रहेको गाडीमा ब्रुसार्डको शव फेला परेको एक हप्ता पछि उनलाई पक्राउ गरिएको थियो। बच्चा फिएरामस्काको घरमा सुरक्षित अवस्थामा फेला परेको सिएनएनले जनाएको छ ।

३३ बर्षिय ब्रुसार्ड र उनको नवजात छोरी मार्गोट केरी डिसेम्बर १२ ,२०१९ मा बेपत्ता भएका थिए । हत्या गरिएको आमाको शिशुको बुबाले बच्चा घर आएपछि तस्बिर साझा गरेका थिए ।

फिएरामस्कालाई ट्राभिस काउन्टीको न्यायिक मण्डली (ग्रान्ड जूरी)ले २०२० मा अभियोग लगाएको थियो। उनीमाथि ब्रुसार्ड र बच्चालाई अपहरण गरेको र ब्रुसार्डलाई घाटी थिचेर हत्या गरिएको आरोप लगाइएको थियो।

प्रतिक्रिया