जेलेन्स्कीद्वारा युक्रेनी सिपाहीहरूलाई च्यालेन्जर २ कवचधारी गाडीको तालिम दिएकोमा बेलायतलाई धन्यवाद

इनेप्लिज २०७९ माघ २१ गते २०:१९ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई दान दिएको च्यालेन्जर २ नामक ट्याङ्क(कवचधारी गाडी)को प्रयोगमा युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिएकोमा बेलायत (युनाइटेड किंगडम)लाई धन्यवाद दिएका छन् ।

जेलेन्स्कीले शनिबार दूरवार्ता (फोन कल)मा बेलायती प्रधानमन्त्री ऋषि सुनकप्रति कृतज्ञता व्यक्त गरे ।

गत हप्ता बेलायतले रुस विरुद्ध युक्रेनी रक्षाको लागि समर्थन “तीव्र” बनाउने प्रयासको रूपमा युक्रेनलाई १४ वटा च्यालेन्जर २ ट्याङ्क(बख्तरबन्द )हरू पठाउने घोषणा गरेको थियो ।

युनाइटेड किंगडम(बेलायत)को रक्षा मन्त्रालयले युकेलाई प्रदान गरेको च्यालेन्जर २ बख्तरबन्द( ट्याङ्क)हरूमा युक्रेनी टोलीले लिएको प्रशिक्षणको तस्बिरहरू साझा(शेयर)गरेको छ । प्रशिक्षार्थीहरूले युद्ध सवारी साधनहरू द्रुत रूपमा प्रयोग गर्न सिकिरहेको बेलायती रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

युक्रेनी बख्तरबन्द (ट्याङ्क) चालक दलहरू तालिमको लागि गत सप्ताहन्त आइपुगेका थिए।

तस्बिर कृतज्ञता : बेलायत रक्षा मन्त्रालय

प्रतिक्रिया