अमेरिकी सेनाद्वारा पूर्वी तटमा चिनियाँ जासूस बेलुन( वायुगोल) खसाल्यो

इनेप्लिज २०७९ माघ २१ गते १९:५९ मा प्रकाशित

अमेरिकी सेनाले एट्लान्टिक महासागरमा रहेको संदिग्ध चिनियाँ जासूस बेलुन( वायुगोल) लाई खसालेको अमेरिकी अधिकारीले बताएका छन्।

बेलुन यस हप्ताको सुरुमा अमेरिकाको मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो । शनिबार महाद्वीपीय संयुक्त राज्य अमेरिकाबाट बाहिर निस्कनु अघि अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो भनि सिएनएनले उल्लेख गरेको छ ।

शनिबार साउथ क्यारोलाइनाको शार्लोट, नर्थ क्यारोलाइना र नर्थ ग्रीनभिल काउन्टीमा बेलुन देखिएको थियो ।

संघीय उड्डयन प्रशासनले राष्ट्रिय सुरक्षाको लागि रक्षा विभागलाई सहयोग गर्न थप हवाईक्षेत्र बन्द गरेको छ। सँस्थाले विल्मिङ्टन, मर्टल बीच अन्तर्राष्ट्रिय र चार्ल्सटन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान र आगमनलाई पनि रोकेको छ।

अस्थायी उडान प्रतिबन्ध अब दिउँसो ३:३० बजे सम्म प्रभावकारी रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया