टिकटक बनाउन जाँदा पुर्टो रिकोको भीरबाट खसेर अमेरिकाको इन्डियानाका एक व्यक्तिको मृत्यु ,गो फन्ड मी खाता संचालनमा

इनेप्लिज २०७९ माघ २१ गते १९:३१ मा प्रकाशित

टिकटकको लागि अङ्किय दृश्य(भिडियो) खिच्ने क्रममा पुर्टो रिकोको भीरबाट खसेर अमेरिकाको इन्डियाना राज्यका एक व्यक्तिको मृत्यु भएको छ ।

उनका परिवारले उक्त कुराको पुष्टि गरेका छन् । इण्डियानाका २७ वर्षीय एडगर ग्यारे गत जनवरी २९ मा पुर्टो रिकोको दक्षिणपश्चिमी तटमा मनोरञ्जनात्मक दिनको यात्रामा थिए ।

उनी काबो रोजोको लाइटहाउस नजिकैको ७० फिट अग्लो तटीय चट्टानबाट खसेको अमेरिकी तटबाट जारी विज्ञप्तिमा जनाईएको छ ।

उक्त साँझ तट रक्षक (कोस्ट गार्ड)लाई कोही खसेको जानकारी गराईएको थियो । ग्यारेको शव अर्को दिन पुर्टो रिको आपतकालीन गोताखोरहरुले फेला पारेका थिए ।

उनि एक आफन्तसंग चट्टानमा घुम्न गएको उनका भाइले बताएको समाचार सिएनएनले लेखेको छ । उनको दाह संस्कारको लागि गो फन्ड मी खाता संचालनमा ल्याइएको छ । ८ ,५०० डलर लक्ष्य राखिएकोमा ५ हजार १ सय ५० डलर संकलन भै सकेको छ ।

प्रतिक्रिया