पुस्तक लोकार्पण तथा काव्य गोष्ठी

इनेप्लिज २०७९ माघ १७ गते १०:५७ मा प्रकाशित

मिति जनवरी २९ २०२३ आइतवार श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाकमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज एलए च्याप्टरले क्यालिफोर्नियाका साहित्यकार मणि नेपाली पनेरूको(सात जुनी उपन्यास) कृति विमोचन र काव्य गोष्ठी भव्य रूपले सम्पन्न भयो।उक्त साहित्यिक सभामा च्याप्टरका सभापति डन कार्कीले अध्यक्षता गरे भने कार्यक्रमका प्रमुख अतिथि अवैतनिक महावाणिज्य दूत ऋषि ढकाल, विशेष अतिथि वेदभक्त जोशी र अन्य अतिथिहरूमा साहित्यकार मणि नेपाली पनेरू, उत्तम कार्की,nrn ca का अधक्ष्य एकदेव शर्मा, पशुपतिनाथ तथा बुद्ध मन्दिरका अध्यक्ष रामेश्वर भण्डारी तामागं सोसाइटीका अध्यक्ष टेक लामा, हामी ग्लोवल नेपालीका अध्यक्षा इन्दिरा त्रिपाठी लगायत अन्य विभिन्न संस्थाका साहित्यिक मनहरूको बाक्लै उपस्थिति रह्यो।च्याप्टरका व.उपाध्यक्ष सिद्धार्थ सिलवालकी माताको निधन भर्खरै हुन गएकोमा आत्माको शान्तिको लागि एक मिनट मौन धारण गर्दै कार्यक्रम प्रारंभ भयो ।

कार्यक्रमको संचालक सुवास भण्डारीद्वारा मिठो शैलीले संचालन भएको र उपस्थित मान्यजनलाई रोसन अधिकारीज्यूले स्वागत मन्तव्य दिए भने विमोचन तथा साहित्यिक गोष्ठीको सफलताको शुभकामना मन्तव्य दिनेहरूमा ऋषि ढकाल,उत्तम कार्की,रामेश्वर भण्डारी,इन्दिरा त्रिपाठी र हेमा पनेरू आदि विशिष्ट व्यक्तिहरू थिए ।कार्यक्रमको दोस्रो चरणको काव्य गोष्ठीमा भाग लिनेहरूमा रामचन्द्र लामिछाने,कुशल न्यौपाने,प्रकाश पाण्डे,डन कार्की,कृष्ण देवकोटा र हेमा पनेरू समेतले समसामयिक विषयका चोटिला मार्मिक कविता,लोक दोहरी र गीतहरू प्रस्तुत गरेका थिए । अन्त्यमा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्ष डन कार्कीले कार्यक्रम विसर्जन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया