न्यूयोर्कमा अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन भुक्तानी गरेको पैसाको कारण ट्रम्प विरुद्ध बृहत निर्णायक समितिमा बहस

इनेप्लिज २०७९ माघ १७ गते १:२३ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०१६ को राष्ट्रपति अभियानको क्रममा अश्लिल चलचित्र(पोर्न स्टार )स्टर्मी डेनियललाई हश मनी(चुप लगाउन दिएको रकम) भुक्तानीमा भूमिकाको बारेमा न्यूयोर्कमा बृहत निर्णायक समिति(ग्रान्ड जुरी)ले बयान सुनिरहेको छ भनि यस विषयमा जानकार दुई स्रोतहरूले रोयटर्सलाई बताएको भनि उल्लेख गरेको छ ।

न्यूयोर्कको म्यानह्याटन जिल्ला अधिवक्ताको कार्यालयले पूर्व राष्ट्रपति विरुद्ध सम्भावित आपराधिक आरोपहरूको लागि बृहत निर्णायक समिति (ग्रान्ड जूरी)ले आधार बनाउन सक्ने बताए । पूर्व राष्ट्रिय इन्क्वायरर प्रकाशक डेभिड पेकरले बृहत निर्णायक समितिको अगाडि बयान दिएको रोयटर्स समाचारमा जनाएको छ ।

डेनियलले ट्रम्पसँग यौन सम्पर्क राखेको र ट्रम्पसँग उनको भेटबारे छलफल नगर्ने बदलामा २०१६ को राष्ट्रपति चुनावअघि १३०,००० डलर प्राप्त गरेको बताएकी थिइन ।

प्रतिक्रिया