नेपाली साहित्य समाज, क्यानाडाको सरस्वती पूजा तथा कविता वाचन कार्यक्रम सम्पन्न !

मदन बस्नेत, क्यानाडा। २०७९ माघ १६ गते २:१९ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। नेपाली साहित्य समाज, क्यानाडाले बसन्त पञ्चमी’/‘श्रीपञ्चमी’ को अवसरमा जनवरी २९ आईतबारको दिन स्कारब्रोमा रहेको अल्बर्ट क्याम्पबेल पुस्तकालयको सभा कक्षमा “सरस्वतीपूजा तथा कविता वाचन कार्यक्रम” भब्यताकासाथ सम्पन्न गरेको छ।

कार्यक्रममा क्यानाडा टोरोन्टो क्षेत्रका साहित्यानुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो। अनौपचारिक रुपमा संचालन गरिएको कार्यक्रममा साना नानीहरुले सरस्वतीको पूजा आराधना गर्नुका साथै अक्षरारम्भ पनि गरेका थिए। कार्यक्रममा पारिवारिक भेटघाटकोलागी क्यानाडा आउनु भएका जेष्ठ अभिभावक दुर्गाप्रसाद पोखरेलले सरस्वती पूजाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा सहभागीहरु मध्ये कविहरु रविन थपलिया, रबिन्द्र लम्साल, रबिन्द्र घिमिरे, पुण्यसागर मरहट्टा, मोहनप्रसाद खरेल, खेम गुरागाई, शोभा गुरागाई र मदन बस्नेतले कविता बाचन गर्नुभएको थियो।

सहभागी मध्येका बिनोद कोईरालाले चुट्किला सुनाएर सबैलाई हँसाउनु भएको थियो भने अध्ययनकोलागि हालसालै क्यानाडा आएकी नवआगन्तुक विद्यार्थी अनिसा पौडेलले सरस्वतीको स्तुतिगानका साथै नेपाली गीत पनि सुनाउनु भएको थियो ।

नेपाली साहित्य समाज, क्यानाडाका महासचिव एवं कार्यक्रम संचालक मोहन खरेलले कार्यक्रममा उपस्थित सबैप्रती हार्दिक आभार प्रकट गर्नु भएको थियो। कार्यक्रमको अन्तमा अध्यक्ष खेम गुरागाईंले कार्यक्रम भव्यताका साथ सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनु भएको थियो।

प्रतिक्रिया