न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बालप्रतिभा प्रदर्शन सम्पन्न

लेखन सम्पादन - इश्वरी भट्ट प्रधान सम्पादक २०७९ माघ १६ गते ०:१२ मा प्रकाशित

अनेसास न्यूह्यामसायरले यही जनवरी २८, २०२३ मा एक भव्य समारोहबीच विध्याकी देवी सरस्वती माताको पूजा अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम अध्यक्ष हरियाया अधिकारीको अध्यक्षतामा सम्पन्न गर्यो। तारा न्यौपाने र राम भण्डारीबाट मन्त्रोचारणसंगै शुरू भएको पूजापाठको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू वि ओ टी अध्यक्ष पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, यस क्षेत्रका पर्यटन सदभावनादूत शिवकुमार राइ, केन्द्रीय महासचिव विमला निरौला, बोस्टन च्याप्टर अध्यक्ष तथा साहित्यकार महेश्वर पन्त, कवि लालगोपाल सुवेदी, एनआरएनएन सी सी अमेरिका महिला संयोजक सुन्दरी गुरूड॰, प्रधान सम्पादक इश्वरी भट्ट लगायत सबै महानुभावहरू र बाल बालिकाहरु पूजामा सहभागी हुनु भएको थियो ।

अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रसंसा गर्दै वि ओ टी अध्यक्ष पदम विश्वकर्माले भाषा, साहित्य, कला र संस्कृति जोगाउन सबै ठॅाउहरूमा यस्तै कार्यक्रम हुनु पर्ने बताउनु भयो। त्यसैगरी केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले च्याप्टरको कामको प्रसंसा गर्दै एक आपसको मित्रता र सहयोग-सदभावमा लाग्न यस च्याप्टरले पुर्याएको भूमिकाप्रति धन्यबाद ज्ञापन गर्नु भयो। त्यसैगरी केन्द्रीय महासचिव विमला निरौलाद्वारा लिखित “तीन चरी” नामक बाल रचनाको पुस्तक कार्यक्रममा विमोचन गरिएको थियो भने पुस्तकबारे लेखकले परिचय तथा कवि लालगोपाल सुवेदीले विवेचना गर्नु भएको थियो।

दुइ दर्जन भन्दा बढी बाल बालिकाहरुले विविध प्रतिभा प्रदर्शन गरिएको उक्त कार्यक्रममा सबै बाल बालिकाहरुलाई खादा, प्रमाणपत्र र पुरस्का वितरण क्रमशः सभा अध्यक्ष, वि ओटी अध्यक्ष र केन्द्रीय अध्यक्षबाट प्रदान गरिएको थियो। सोही समयमा च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले वि ओ टी अध्यक्ष पदम विश्वकर्माज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।

कवि लालगोपाल सुवेदी, प्रधान सम्पादक इश्वरी भट्ट, अध्यक्ष हरीमाया अधिकारी, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, बाध्यबादक प्रेम सागर खतिवडा, च्याप्टर पूर्व महासचिव हरिकुमारी गुरूड॰, गायक सागर गुरूंगलगायतले ॲाफ्ना रचना वाचन, गायन र वाध्यवादन गर्नुभएको थियो भने प्रधान सम्पादक भट्टले बालबालिकाहरुलाई रोचक कुइज कन्टेस्ट गराउनु भएको थियो। सोही अवसरमा एन एच यूथ ग्रूपले आफना काम बताउदै भोलेन्टियर आवस्यक परे सम्पर्क गर्न आव्हान गरेको थियो।

कार्यक्रममा एन आर एन महिला कोअर्डिनेटर सुन्दरी गुरूड॰, नेपाली समाज अध्यक्ष शान्ता बिष्ठ, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, तमु समाज अध्यक्ष हितमान गुरूड॰, हुक्सेट टाउन अर्थ समिति सदस्य क्षत्रकुमारी गुरूड॰, डा रूद्र अर्याल, डा पुष्पमान जोशी, पूर्व अध्यक्ष तथा पूर्व के स अग्नि पराजुली, वि डी ए अध्यक्ष डम्बर कडरियालगायत न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र ठूलो संख्यामा महिला तथा बाल बालिकाहरुकी उपस्थिति रहेको थियो।

अन्तमा उपस्थित सबै बाल बालिका, अतिथि, खानपिनमा सहयोग पुर्याउने मित्रहरू, डोनेशन गर्ने मित्रहरू, भोलेन्टियर मित्रहरू, साउन्ड सिस्टममा सहयोग गर्ने मित्रहरु, कार्यक्रमको शोभा बढाइदिन पाल्नुहुने सबै आमा बुबा दाजुभाइ दिदीबहिनीहरू र बिशेषगरी सहभागी बाल बालिकाहरूमा हार्दिक आभार धन्यबाद व्यक्त गर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका प्रधान सम्पादक इश्वरी भट्टले संचालन गर्नु भएको थियो ।

लेखन सम्पादन – इश्वरी भट्ट
प्रधान सम्पादक

प्रतिक्रिया