एएनएद्वारा नेपालमा नागरिकताका सम्बन्धमा गरिएको न्यायिक निर्णयका बारेमा संस्थाको धारणा सार्वजनिक

इनेप्लिज २०७९ माघ १६ गते ०:०४ मा प्रकाशित

उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायहरुको राष्ट्रिय स्तरमा स्थापित सबै भन्दा पुरानो मध्ये एक एसोसिएसन अफ नेपालिज इन अमेरिकाजले हालै नेपालमा नागरिकताका सम्बन्धमा गरिएको न्यायिक निर्णयका बारेमा संस्थाको धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष विजयराज भट्टराईले एक बिज्ञप्ति जारी गर्दै नेपाली राजदुताबास वाशिंगटन डिसी र नेपाली राजदुताबास क्यानाडालाई सम्बोधन गर्दै बिदेशी मुलुकको नागरिकता प्रमाण पत्र प्राप्त गरेका प्रवासमा रहेका नेपालीहरुको ध्यानाकर्षण भएको जनाएका छन् । साथै उक्त बिज्ञप्ति मार्फत संघीय सांसद सचिवालय ,राष्ट्रिय सभा ,गृह मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय लगायत ८ स्थानमा बोधार्थ समेत दिएका छन् ।

अध्यक्ष भट्टराईले उक्त बिज्ञप्तिमा बिदेशी नागरिकता लिएका नेपालीहरुको माँग अनुसार नै नेपालको संबिधान २०७२ को धारा १४ मा गैर आवासीय नेपाली नागरिकता गर्न सकिने उल्लेख गरिएको छ भनि ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा, प्रवासी नेपालीहरुको नेपाली नागरिकताका सम्बन्धमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै प्रवासमा रहेका “नेपालीलाई सधै नेपाली नै हुन देउ” भनेर स्पष्ट गरिएको छ।

साथै संस्थागत र सामाजिक रुपमा लाखौं लाखको संख्यामा विदेशमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई संवेदनशील रुपमा सम्बोधन गरेर नेपाल सरकारलाई लेखिएको यस उदाहरणिय विज्ञप्ति सहितको समय सान्दर्भिक कार्यको लागि एएनए संस्था र पुरै एएनए परिवार प्रति एएनएका निवर्तमान अध्यक्ष तथा संरक्षक खगेन्द्र अधिकारी आभार व्यक्त गरेका छन् ।

सार्वजनिक महत्वको यस बिशेष सन्दर्भमा प्रकाशित एएनएको उक्त विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

प्रतिक्रिया