अमेरिकाको न्यू जर्सी बिद्यालयमा डाङ्ग्री महिलाले नक्कली कागजात बुझाई किशोरी विद्यार्थीको रूपमा भर्ना हुँदा मुद्धा

इनेप्लिज २०७९ माघ १४ गते २३:०९ मा प्रकाशित

अमेरिकाको न्यू जर्सी राज्यको एक बिद्यालयमा डाङ्ग्री महिलाले नक्कली कागजात बुझाई किशोरी विद्यार्थीको रूपमा भर्ना हुँदा मुद्धा खेप्नु परेको सिएनएनले जनाएको छ ।

२९ वर्षीया महिलाले न्यू जर्सीको एक माध्यमिक बिद्यालयमा आफूलाई किशोरीको रूपमा प्रस्तुत गरेकोले आरोपको सामना गर्नु परेको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार बिद्यालयमा भर्ना हुन् किशोरी बन्नको लागि झूटा सरकारी कागजातहरू प्रयोग गरेको दाबी गरेको आरोपमा मुद्दा चलिरहेको छ।

हाइजेओङ शिन नामक महिलाले न्यु ब्रन्सविक बोर्ड अफ एजुकेशन(शिक्षा समिति )मा नक्कली जन्म प्रमाणपत्र पेश गरे पछि नक्कली सरकारी कागजात उपलब्ध गराएको आरोप लगाइएको न्यु ब्रन्सविक प्रहरी विभागले गत बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शिनले “बालविद्यालयको विद्यार्थीको रूपमा” भर्ना गर्ने उद्देश्यले नक्कली जन्म प्रमाणपत्र उपलब्ध गराएको थियो।

शिन विद्यालयमा भर्ना हुन किन चाहन्थिन भन्ने बारेमा प्रहरीले बताएका छैनन । उनि अन्य विद्यार्थीहरूसँग चार दिनसम्म कक्षामा उपस्थित भएकी थिइन् । शिन फेब्रुअरी १६ मा हुने सुनुवाईको लागि अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया