डा ह्यारी भण्डारी मेरिल्याण्ड व्यवस्थापिका एसियाली-अमेरिकी प्रशान्तद्वीप ककसको अध्यक्षमा निर्वाचित ,अङ्कियदृश्य (भिडियो)सहित

इनेप्लिज २०७९ माघ १४ गते २०:२४ मा प्रकाशित

नेपाली मूलका अमेरिकी नेपाली सांसद डा ह्यारी भण्डारी मेरिल्याण्ड व्यवस्थापिका एसियाली-अमेरिकी प्रशान्तद्वीपको ककस(मेरील्याण्ड लेजिस्लेटिभ एशियन-अमेरिकन प्यासिफिक आइल्याण्डर्स ककस)को अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले आफ्नो सामाजिक संजाल मुहार पुस्तिका(फेसबुक)मार्फत जनवरी २८ शनिबारका दिन दिउसो आफू अध्यक्षमा निर्वाचित भएको खुसीको समाचार स्वयम प्रकाशन गरेका हुन् ।

महत्त्वपूर्ण कामलाई निरन्तरता दिन पाउँदा आफू सम्मानित भएको र सबै सहकर्मीहरूसँग मिलेर काम गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् ।

डा भण्डारी डेमोक्र्याटिक दलको तर्फबाट मेरील्याण्ड राज्यको बिधान सभा क्षेत्र ८ को लागि दोश्रो पटक बिजयी भएका बिधान सभा सदस्य (सांसद) हुन् । अमेरिकामा नेपाली समुदायको इतिहासमा सांसद बन्ने पहिलो अमेरिकी नेपाली हुन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ,जस्ताको त्यस्तै : म मेरील्याण्ड लेजिस्लेटिभ एशियन-अमेरिकन प्यासिफिक आइल्याण्डर्स ककसको अध्यक्षमा निर्वाचित भएको कुरा साझा गर्न पाउँदा विनम्र छु! हामीले हाम्रा निर्वाचन क्षेत्रका लागि गरिरहनुभएको महत्त्वपूर्ण कामलाई निरन्तरता दिन पाउँदा म सम्मानित छु र मेरा सबै सहकर्मीहरूसँग मिलेर काम गर्न पाउँदा उत्साहित छु।

अङ्कियदृश्य (भिडियो)सहित : डा भण्डारी बिजयी भएको घोषणा १२ मिनेट १८ सेकेन्डमा हेर्न सकिने छ ।

प्रतिक्रिया