अमेरिकामा जासुस गरेको आरोपमा चिनिया विद्यार्थीलाई ८ बर्षको कैद सजाय

इनेप्लिज २०७९ माघ १४ गते १९:०६ मा प्रकाशित

जासुसी गरेको आरोपमा चिनियाँ अभियन्ता( इन्जिनियर)लाई अमेरिकाले ८ वर्षको कारागार सजाय सुनाएको छ ।

सिकागोका विद्युतीय यन्त्रशास्त्र (इन्जिनियरिङ)का पूर्व स्नातक विद्यार्थीलाई चिनियाँ सरकारका लागि जासुसी गरेको अभियोगमा बुधबार आठ वर्षको कारागार सजाय सुनाइएको हो ।

३१ वर्षीय चिनियाँ नागरिक जी चाओकुनलाई गत वर्ष चीनको राज्य सुरक्षा मन्त्रालयको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई भौतिक झूटो बयान दिएकोमा दोषी ठहर गरिएको थियो।

उनी सन् २०१३ मा इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ( बिधुतिय अभियन्त्रणा प्रविधी सॅस्था)मा अध्ययन गर्न अमेरिका आएका थिए।

२०१६ मा उनले राष्ट्रिय हित कार्यक्रम अन्तर्गत सेनाको आरक्षित सेवामा भर्ना भएका थिए भनि अमेरिकी न्याय विभागले बुधबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

तस्बिर जी चाओकुन सामाजिक संजाल

प्रतिक्रिया