अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयरफ्याक्समा नेपाली कांग्रेसका वौद्धिक नेता तथा पूर्व रक्षा मन्त्रि डा मिनेन्द्र रिजालसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखा(च्याप्टर)ले अमेरिकाको डिसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएको अवसरमा डा रिजाललाई आमन्त्रित गरि डा रिजालसंग अनौपचारिक रुपमा अन्तरक्रिया गर्दै उपस्थित भएका सहभागीहरुले थुप्रै जिज्ञाशा राख्दै डा रिजाल मार्फत नेपाली कांग्रेसलाई सल्लाह र सुझाव समेत दिएका थिए ।
डा रिजालले पहिला आफ्ना भनाईहरु र आफ्ना धारणा राखे पछि पछिल्लो मन्त्रिमण्डल गठनमा नेपाली कांग्रेसले खेलेको भूमिका सम्बन्धि चित्त नबुझेका केही गुनासो ,नेपाली कांग्रेसको भविश्य तथा नेपाली कांग्रेस अब कुन दिशा जान्छ भन्ने बिषयको सेरोफेरोमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका शुभ चिन्तक ,नेपाली जन सम्पर्क समितिका पदाधिकारी ,आमन्त्रित लब्ध प्रतिष्ठित बिभिन्न व्यक्तित्वहरुमा क्रमस डा देशराज संयोक ,मुक्तिनाथ पन्त ,दधि ढुंगाना ,नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रिय उपाध्यक्ष केशव बराल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली जन सम्पर्क समिति भर्जिनिया च्याप्टरका कार्यबाहक सभापति यम कुमार सिटौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काग्रेस लोकतान्त्रिक दल भएता पनि त्यस दल भित्र हरेक निर्णय प्रक्रियामा लोक तान्त्रिक अभ्यास नभएको आम नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेक्च्छुकको भवन बिपरित दलले उठाउनु पर्ने महत्वपूर्ण बिषयहरुमा केही सिमित नेताहरुको मात्र बोलबाला रहेको र समग्र केन्द्रिय कार्य समितिमा छलफल नभएको बिषयमा गुनासो पोखे ।
यसै गरि सबै भन्दा पहिला संसद भवन अगाडी दिन दहाडै आत्मदाह गरेर एउटा उर्जावान युवा प्रेम आचार्यले जीवन बलिदान गर्नु पर्ने कुराले संसार भरका नेपालीहरु स्तब्ध भएका छन् । यस्तो परिस्थिति नदोहोर्याउन ठूलो दल हुनुको नाताले नेपाली कांग्रेसले के गर्छ भन्ने जिज्ञाशा राखेका थिए ।
डा रिजालले देशको बिग्रदो अर्थतन्त्र ,ब्याप्त भ्रष्टचार र कुशासनको उपजको रुपमा एउटा युवाले बिम्बको रुपमा आम युवाको आक्रोस निरासा र कुण्ठा व्यक्त गरेको महसुस भएको छ र यसले मलाई पनि स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना समेत डा रिजालले गरेका थिए ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया