प्रदेश नं १ का मुख्य न्यायाधिवक्त्ता आचार्य सपथ ग्रहण

इनेप्लिज २०७९ माघ ११ गते २२:४५ मा प्रकाशित

विराटनगर,११ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशका मुख्य न्यायाधिवक्त्तामा गजेन्द्र आचार्यलाई नियुक्त्त गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा (२) वमोजिम नियुक्त्त गर्नु भएको हो ।

नव नियुक्त्त मुख्यन्यायाधिवक्त्ता आचार्यलाई आजै उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ्ग, मुख्यमन्त्री कार्की,प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया