बाइडेनद्वारा ३१ वटा अब्राम बख्तरवन्द युक्रेन पठाउने घोषणा 

इनेप्लिज २०७९ माघ ११ गते १७:५९ मा प्रकाशित

राष्ट्रपति जो बाइडेननेम बुधवार अमेरिकाले युक्रेनमा ३१ वटा अब्राम नामक कवचधारी गाडी पठाउने घोषणा गरेका छन ।

आज, म घोषणा गर्दैछु कि संयुक्त राज्य अमेरिकाले युक्रेनमा ३१ वटा अब्राम ट्याङ्कहरू पठाउनेछ, जुन एक युक्रेनी वाहिनी ( वटालियन) बराबर छ,  उन्ले भने।

 बाइडेनको साथमा बिदेश सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनको पनि उपस्थिती रहेको थियो ।

सुरक्षा सहायता करिब ४०० मिलियन डलरको रहेको पेन्टागनले जनाएको छ ।

जर्मनीले युक्रेनलाई आफ्नो १४ वटा लेपर्ड २ बख्तरवन्द गाडी (ट्याङ्क)हरु  तुरुन्तै उपलब्ध गराउने जनाई सकेको छ ।

प्रतिक्रिया