पेन्सेलभेनियामा नेपाली भाषी परिवारमा घरेलु हिसा हुदा हत्या र आत्महत्या घटना 

इनेप्लिज २०७९ माघ ११ गते १५:१३ मा प्रकाशित

पेन्सेलभेनियाको राज्यको ईरी सहरमा नेपाली भाषी परिवारमा घरेलु हिसामा परि हत्या र आत्महत्याको दुंखद घटना घटेको छ।

ईरी प्रहरीले राती भएको हत्या -आत्महत्याको अनुसन्धान गरिरहेको छ। 

इरी प्रहरीले इरी पूर्वी २८ औं मार्गमा रहेको घर भित्र अबेर राती हत्या-आत्महत्या भएको बिषयमा भन्ने अनुसन्धान जारी राखेको छ  

 एक साक्षीसँग अन्तर्वार्ता लिएपछि उनीहरूले यो एक पुरुष र एक महिलाको हत्या-आत्महत्या हो भन्ने विश्वास गरेका छन्।

ईरी प्रहरीले  राती ११: ३० बजे घटनास्थलमा पुग्दा उनीहरूले सुत्ने कोठामा ३७ वर्षीया महिला र ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला पारेका थिए ।

दुवै घाइतेको टाउकोमा गोली लागेको छ भने  जासूसहरूले १७ वर्षीय साक्षीबाट जानकारी सङ्कलन गरिरहेका छन्।

यो घटना राई परिवारमा घटेको सामाजिक सॅजालमा समुदायले  समवेदनाको रुपमा सुसूचित गरि रहेका छन । 

प्रतिक्रिया