शेर्पा भाषामा पठनपाठनका लागि अनुदान–मन्त्री राजभण्डारी

इनेप्लिज २०७९ माघ ९ गते २२:४५ मा प्रकाशित

विराटनगर, ९ माघ । प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषामा पठनपाठनका लागि रु पाँच लाख दिने आज निर्णय गर्नु भएको छ।

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्वुको मन्जुश्री आधारभूत विद्यालय गुम्वा वौद्धमा रहेको उक्त्त विद्यालयलाई सो रकम दिने निर्णय गर्नु भएको हो ।

यसैगरी सडक बालवालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गर्नु भएको छ।

यस्तै भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो ।

उहाँले समानुपाति विकासको अवधारणालाई अगाडि वढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राख्नु भयो ।

यस्तै मन्त्री राजभण्डारीले दोस्रो प्राथमिकमा प्रदेश खेलकुद विकास वोर्डका सम्बन्धमा दलहरुवीच सहमती कायम गरी अगाडि वढ्ने जानकारी दिनु भयो ।

उहाँले कुनै पक्षपात विना मन्त्रालयको काम कारवाही अगाडि वढाउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

प्रतिक्रिया