”पिताजी को अन्तिम अनुत्तरित प्रश्नको उत्तर ! ”-भाग -२

इनेप्लिज २०७९ माघ ८ गते १७:१७ मा प्रकाशित

आज भन्दा एक महिना अगाडि डिसेम्बर १९ मा ,यही फेसबुकमा पोस्ट गरेर आफ्नो २ वर्षको अनुभव, अनुभूति , अध्ययन र विचार माथि एउटा बहस चलाउने प्रयास गरेको थिएं । जस्लाई enepalese.com ले पनि आफ्नो विचार स्तम्भमा पोस्ट गरी बहसलाई अगाडि बढाइ दिनु भएछ। eneplese परिवार प्रति हार्दिक आभार ।

धेरै समाज सेवी बिद्वान मित्रहरूले झिजों नमानीकन पुरै पढी अध्ययन गरी कृयाप्रतिक्रिया दिनु भयो । १०० भन्दा बढीले त फोनै गरी उर्जा थपिदिनु भयो ,सबै प्रति नतमस्तक छु !

जुन बिषय प्रति बिभिन्न समाजिक संघ – संस्थाका साथीहरू , समाज प्रति सदा चिन्तनशील हुने मित्रहरू। धेरै बिषय विज्ञहरु , बीमा कम्पनीका आधिकारिक प्रतिनिधिहरु , बीमा लाइसेन्स एजेन्ट मित्रहरू , बीमाको लाइसेन्स लिएर निस्कृय भै बसेका मित्रहरू , लाइसेन्स नलिई बीमा सचेतना जगाउने मित्रहरू , सक्रियरूपमा बीमा ब्यवसायमा लागेका तर बीचमै निस्कृय बन्नु भएका साथीहरु, आफ्ना साथी – संगिहरू , केही बीमा पोलेसी लिएर क्यान्सिल गरेर बसेका साथीहरू , श्रीमान स्व. रुप कार्कीलाई अल्पायुमै गुमाउनु भएकी शोभा दिदी लगायत त्यस्तै बज्र खप्नु भएका अन्य दिदी बहिनीहरू ( जस्को इन्स्योरेन्स थिएन र Go fund खोल्नु परेको थियो ), बीमा भन्ने बित्तिकै झस्किने – बीमासंग सम्बन्धित सबैलाई सक्तो सराप गर्ने साथिहरु ,केही बीमाको अर्थ र महत्व बुझी बीमा पोलेसी लिएर ढुक्क भएर बसेका साथीहरू , खोइ ,फलनाले भनेर लिएको महिनाको यति पैसा कट्छ के हुँदा के हुन्छ ? कति आँउछ ? केही थाहा छैन भन्ने साथीहरु , केही बीमा चैं लिनै पर्ने केहो , कसो हो ,कता हो , कति पर्छ ? भरोसा लाग्दो बीमा एजेन्ट कोही छैन ,भनेर अन्योल भै बसेका साथीहरु गरी १७५ जनासंग फोन, टेक्स्ट र प्रत्यक्ष सम्पर्क – सम्वाद र ब्यापक बिचार – विमर्स गरें , मन्थन गरें स्व – सम्वाद गरें ।

अधिकांश धेरै मा चैं बीमाको आवस्यकता र महत्व को बोध रहेछ ! तर कम्पनी थाहा छैन , अमुक – अमूक ब्यक्ति : जो बीमा एजेन्ट , जो वीमा संबन्धी कुरा गर्ने वा बीमा मार्केटिङ गर्ने नै बीमा हो भन्ने बुझाइ रहेछ , तर ब्यक्ति माथि भरोशा छैन , उहांहरूले गरेको ब्यवहार र डिलिङ मन पर्दैन , जीवन भरी तिर्नु पर्ने , मरे पछि मात्र पाँइने – कमाइले धान्दैन , त्यै पनि आँउछ कि आँउदैन बिस्वास छैन ।

मान्छेले के के भन्छन के के त्यसैले बीमा गरिएको छैन भन्ने खालका बुझाइ पाँउदा दुख्ख पनि लाग्यो र सत्य बोध भयो हाम्रो Ground reality र बीमा प्रति को बुझाइ के रैछ ? बीमा एजेन्ट साथीहरूले के बुझाउनु भएछ ? बीमाको मार्केटिङ कसरी भएको रहेछ ? समाज कसरी नकारात्मक भएको रहेछ बीमा प्रति भनेर । त्यस पछि प्रश्न जन्मियो यी सबै प्रश्न , जिज्ञासा र समस्याको सामाधान छ त ? छ !

त्यस पछि अझ बढी ज़िम्मेवारी थपिएको महसुस भयो । जस्ले : ”अब कोही पनि बीमाबाट बन्चित हुनु पर्ने छैन ” । अब यो भबितब्य पस्चात कसैले पनि Go Fund me को साहारा लिनु पर्ने छैन भन्ने मेरो निष्कर्षलाई अझ गहिराईमा पुर्यायो ।

म भन्छु : जीवन बीमा प्रत्येकका लागि एक अपरिहार्य हो र यो सबैको पहुंचमा छ , तर कसरी ? यही कसरीको ब्यवहारिक उत्तरको लागि एउटा संकल्प जन्मियो ।

हाम्रो समाजमा एक सशक्त सबै उपरोक्त साथीहरु सहितको बित्त बीमा सचेतना समाज ”( Finance Insurance Awarness Society )
बिबिसस ( FIAS ) को निर्माण गर्ने , जस्ले हाम्रो समाजको बीमा प्रतिको सामाजिक धारणा , अन्योलतालाई चिर्दै यो क्षेत्रलाई सम्मानित, मर्यादित र सबैलाई बिमित हुन सहयोग गर्छ भन्नेमा बिस्वस्त छु ।

अब प्रश्न आयो FIAS ले के गर्छ त ?
१*
२*
३*…………………………

यस्को बृहत्तर Road map सहित

अर्को भागमा

Please stay tuned …………

पहिलो कुरो FIAS अघि सम्म मेरो थियो अब यो संपूर्ण समाजको हो, यस्लाई आफ्नो बनांउ ! बीमाको आबस्यकता र महत्वलाई आत्मसाथ गरी यसलाई कसरी लोक कल्याणकारी बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट छलफल , मन्थन , भेटघाट र बिचार – बिमर्श गरौं !

(सबैको जय होस , सबैको मङ्गल होस ! ! )

Ramesh Dhakal : 703 832 6811

प्रतिक्रिया