सम्वेदना हराएका मान्छेहरू !!!

विष्णु पगेनी सिग्देल, एटलान्टा अमेरिका। २०७९ माघ ५ गते १:१६ मा प्रकाशित

ए सम्वेदना हराएका मान्छेहरू
आआो भिडँ बढाआो
तमसा देखाआो
खुसीयाली मनाआो
यहाँ मृत्युको उत्सव चलिरहेछ

तेर्साआो आफ्ना मोबाइल रूपी खप्ट्याराहरू

खिच प्रतक्ष्य प्रसारण
अनि देखाआो मृत्युको विभत्स दृश्य
दुनियालाई
यदि सक्छौ भने
तिमीहरूले खिचेका दृश्यहरुमा
तिमीहरु भित्रको कठोरतालाई पनि देखाआो
आफूभित्रको अमानवीयता पनि झल्काआो
तिमीहरुका दृश्यले करोडौको भ्युज कटाउला
सबैका कानले तात्तातो न्यूज पनि पाउला
अनि खोल्टी भर्ने डलर पनि आउला ।
किन गर्छौं ढिला पोजका पोज देआो
यहाँ मोज चलिरहेको छ
भोज चलिरहेको छ
आँसुको
पीडाको
छटपटाहटको

मृत्युको ।।
मनाआो उत्सव खुसीको

रमाआो दृश्य हेर्दै मृत्युको
ए ढुङ्गाको ह्दय भएका
ढुङ्गे मानवहरू हो
बरु फालिदेआो
मान्छेकाे ह्दय
तिमीहरूको शरीरबाट
र शल्यक्रिया गरेर जोडो
एक एकवटा ढुङ्गा तिमीहरूका ह्दयमा
अनि
न पग्लिन्छ ह्दय
न रुन्छ मन
न हुन्छ पीडा
अरूको दुखहरुमा ।।

विष्णु पगेनी सिग्देल, एटलान्टा अमेरिका।

प्रतिक्रिया