प्रचण्ड लगायतलाई बिश्वासको मत दिनु भनेको नै नेपाली कांग्रेसको खुरापाती राजनीतिको निरन्तरता हो

इनेप्लिज २०७९ माघ ४ गते २३:१२ मा प्रकाशित

खगेन्द्र अधिकारी । नेपालमा हाल भै रहेको ताजा र विद्यमान राजनीतिक ब्यईमानी र परिस्थितिलाई दृष्टिगोचर गर्दा नेपाली राजनीतिमा फोहोरी खेल खेलिरहनु नै नेपाली कांग्रेसको जन्मजात गुण हो जस्तो देखिएको छ। सकारात्मक दृष्टिकोणबाट हेर्दा यस सन्दर्भमा दुईमत हुनै सक्दैन भन्दा अत्युक्ति नहोला।

प्रधानमंत्री पुष्पकमल दाहाल “प्रचण्ड” र केही प्रदेश समेतका पदहरुलाई बिस्वासको मत दिएर समर्थन गरिनुको सक्कली अर्थ नेपाली कांग्रेसको खुराफाती आचरण र सच्चा राजनीति माथि फोहोर फाल्ने पराकाष्ठाको नियंत्रित कुनीति हो।

गैर संवैधानिक अर्थात् विधि र पद्धतिको आसय भन्दा भिन्न तवर बाट घृणित राजनीति गर्नु आफैमा ख़ुराफ़ाती र फोहोरी कदम मानिन्छ।

सम्पन्न हुन लागेको राष्ट्रपति,उप राष्ट्रपति,सभामुख, उप सभमुख लगायत आदि आदि विभिन्न पदको चुनाब र नियुक्तिहरुमा एमालेलाई कुनै पनि पद दिनुहुन्न साथै प्रचण्डको आधा कार्यकाल अर्थात् अढ़ाई वर्ष पश्चात के. पी. ओलीलाई कुनै पनि हालतमा सत्ताधारी हुन दिनु हुन्न भनेर माओबादी र अन्य साना दलहरुलाई उकास्ने र दरार पैदा गर्ने षड्यंत्रकारी भूमिका निर्वाह गर्नलाई नेपाली कांग्रेसले प्रचण्ड लगायतलाई बिस्वासको मत दिएको हो।

गैर संवैधानिक अर्थात् विधि र पद्धतिको आसय भन्दा भिन्न तवर बाट घृणित राजनीति गर्नु आफैमा ख़ुराफ़ाती र फोहोरी कदम मानिन्छ।

आजको विसं राजनीतिक परिस्थितिमा आफ्नो संगठनलाई विस्तार गर्दै अगाड़ी बढ्नु नै नेपाली कांग्रेसका लागि उपलब्धिमुलक हुने सन्दर्भ चैं उत्तम संदेश हो भन्ने निस्चित हुन्छ।

सम्पन्न भएको आम निर्वाचनबाट जनताले दिएको स्पष्ट सन्देश भनेको नेपाली कांग्रेसको यो गतिले अब काम भएन, सुध्रनुपर्‍यो भनेको हो। यसमा पार्टीका पाका हुन् वा युवा नेता हुन् जो कसैले पनि ध्यान नदिएको पक्कै हो यसमा दुईमत हुनै सक्दैन।

प्रधानमन्त्री प्रचण्ड लगायतलाई विश्वासको मत दिने केन्द्रीय कार्यसम्पादन र संसदीय दलको निर्णयको खिलापमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केही अन्य नेताहरू मात्रै केवल झिनो तथा खरो-मलिनो रुपमा उभिनुभयो। उहाँहरूमा चैं कांग्रेसको संगठन निर्माणबारे केही सोच आएको छ भन्ने झैं अनुमान गर्न सकिन्छ।पार्टी संगठन विस्तार नगरी कांग्रेस अघि बढ्न पक्कै सक्दैन। विगतमा बि. पी. कोईराला पनि सुदृढ़ पार्टी संगठनकै बलमा प्रधानमन्त्री बन्नुभएको थियो।

पार्टी संगठन निर्माणतर्फ ध्यान दिएर स्पष्ट बहुमतको सरकार बनाउनेतर्फ नेपाली कांग्रेसको ध्यान जान जरूरी छ। तर त्यसतर्फ ध्यान नदिई संसदको यही अवधिमा नै केही भागबंवडा पदहरु प्राप्तिका लागि अध्यारो बन्द कोठाभित्र भागबन्डा र लेनदेनमा लाग्ने खालका अभिरूची देखिएका छन् त्यो नेपाली कांग्रेसका लागि कदापि उत्तम हुँदै होईन।

फोहोरी राजनीतिको पछिल्लो गतिविधि हेर्दा नेपाली कांग्रेस प्रतिपक्षमा बस्न मानसिक रूपमा तयार छदैं छैन भन्ने स्पष्ट देखिन्छ। अहिलेको चुनावबाट भन्दा अघिल्लो पटकको चुनावमा नेपाली कांग्रेसको सिट संख्या कम आएको थियो। तर त्यसबेला मताधिकार चैं यस्तो गरी खुम्चिएको चैं थिएन। यसपालि ठगठबन्धनका कारण प्रदेश र केन्द्रमा नेपाली कांग्रेसका सांसदको उपस्थिति अप्राकृतिक रुपमा बलियो छ तर चिन्ता के हो भने यसपटकको आम निर्वाचनमा नेपाली कांग्रेसको मत (जनमत) नराम्रो गरी खुम्चिएको छ यो चैं सत्य र तथ्य नै हो भन्नेमा विवाद नै छैन।

ठगठबन्धनका कारण प्रदेश र केन्द्रका संसदमा सिट संख्याका आधारमा नेपाली कांग्रेसको अप्राकृतिक स्वरूप र उपस्थिति चैं केही बलियो देखिएको छ तर यही बेला नेपाली कांग्रेसको भूमिका भने बिल्कुल विलंब नगरी जनता सामु नै जानु पर्नेछ भन्ने स्पष्ट संदेश पनि बताईएको हुँदै हो।

जहिले पनि सत्ताभन्दा बाहिर मन नजानु नेपाली कांग्रेस पार्टीका लागि उत्पादनमुलक सोच नहुन सक्छ। नेपाली कांग्रेसको वर्तमान मूल नेतृत्व र उदाउँदै गरेको उर्जावान युवा नेतृत्वलाई पनि पार्टी निर्माण गर्ने कुरा, संगठन विस्तार गर्ने कुरा र जनताका बीचमा जाने कुरालाई ध्यान दिन आवश्यक हुनेछ। सत्ताबाट केही दिन लोभी-पापी आँखाबाट र मनसायबाट बाहिर गएर काम गर्न निकै नै जरुरी छ।

आजको विसं राजनीतिक परिदृश्यको परिस्थितिमा नेपाली कांग्रेस आफ्नो संगठन विस्तार र निष्ठाको राजनीतिमा अगाडि बढ़ेमा मात्र कांग्रेसी शुभचिंतक र समग्र नेपाली जनतालाई सदाबहार र उपलब्धिमुलक प्राप्ति हुनेछ।

आजको विसं राजनीतिक परिदृश्यको परिस्थितिमा नेपाली कांग्रेस आफ्नो संगठन विस्तार र निष्ठाको राजनीतिमा अगाडि बढ़ेमा मात्र कांग्रेसी शुभचिंतक र समग्र नेपाली जनतालाई सदाबहार र उपलब्धिमुलक प्राप्ति हुनेछ। यसको फलस्वरूप सत्ताधारी हुनको लागि निरंतर रुपमा बार-बार मौकाहरु आईनै रहने छन् भन्नेमा मत-मतान्तर हुने नै छैन। संसदलाई प्रतिपक्ष (प्रमुख प्रतिपक्ष) बिहिन बनाएर नेपाली काग्रेस ले आफुलाई लोकतन्त्र को पिता ठान्ने अनि ,फेरि प्रतिपक्ष मा बस्न छोडेर सत्तामा र्याल चुहाउने कुरा नैतिकता भित्र पर्दैन, सदनमा प्रतिपक्ष चाहिन्छ ,बर्तमान संविधानले चैं यहि भन्छ।

आज नेपाली कांग्रेस प्रचण्डको पाउमा त्वम: शरण परेर चारतारे झण्डाको अपमान भएको छ। नेपाली कांग्रेसको सत्ता बिना एकछिन पनि बस्न नसक्ने घृणित चरित्र यस पटक पनि देखियो। हिजो परमादेशी ठगठबन्धन जोगाउन नसक्ने तर सत्ता गुमाएको एक महिना पनि नहुदै फेरी अध्यारो रातामा झ्यालबाट प्रवेश गर्न खोज्न शेरबहादुर देउवा र उनको कोटरीलाई त केही फाईदा होला तर काग्रेसलाई भने गम्भिर घाटा पुग्छ ।

देउवालाई शक्ति चाहिएको छ किनकी अनियमिताको पर्यात बनेका भाउजु काग्रेसले बिभिन्न बिचौलिया संग लिएको बैना फिर्ता गर्नु भन्दा बिश्वासको मत दिनु नै उनको लागि उपयुक्त होला । भनिन्छ, कतिपय अवस्थामा चोरले पनि केही धर्म निर्बाह गर्छ तर राजनीतिको रमिता देखेर चोर पनि लजायो होला ।

देउवा,पौडेल,निधि खड्का,महत आदि आदिको अगुवाईमा भएको आजको हर्कत पछि कुन मुख लिएर काग्रेस प्रतिपक्षको बेञ्चमा बस्छ? भनिन्छ कम्वलमा सातु नमुछ्नु, कथंकदाचित मुछी हाले पनि पछि खान न हिचकिचाउनु।

अब लाज नमानी प्रचण्डको पाउमा त्वम: शरण गरेर दिएको चुप लागेर खाए-लाए हुन्छ घृणित भएर महामानब साथै प्रजातांत्रिक मुल्य र मान्यताका धरोहर बि. पी. कोईरालाले प्रतिपादित गरेको “अमुल्य सिद्धान्त” लाई बेचिरहन भने जरुरत पर्दैन। सिद्धांत त: षड्यंत्रकारी नभै निस्चित राजनीतिक रुपमा एकिन हुदै निस्संदेह रुपमा स्वतंत्र र निष्पक्ष भएर भन्नु पर्दा हाल नेपालको प्रतिनिधि सभा विपक्षी विहिन भएकै छ।

संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा र सुविधा सम्बन्धि ऐनलाई आाधारका रुपमा मान्नु उपयुक्त हुनेछ।उक्त ऐनले प्रतिपक्षी दलको नेताको ब्याख्या गरेको छ। जसमा ‘मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्य भएको दल हुनुपर्ने प्रावधानलाई संबोधन गरेको छ।

हामीले बुझ्नु पर्ने वा सम्झनामा राख्नु पर्ने यस परिवेशमा, उक्त प्रावधान अनुसार अहिलेको प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका कुनैपनि दलको दश प्रतिशत संख्या छैन। यस्तो अबस्थामा प्रतिनिधि सभाका अध्यक्ष वा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको कुनैपनि दल प्रमुख प्रतिपक्षी दल हुनसक्छ भनेर स्पष्ट गरेकै छ।

एवं प्रकारका बाट मुलत: सैद्धान्तिक र राजनीतिक ब्यईमानी नगरि स्वतंत्र र स्वास्थ्यवर्धक क़ानूनी आधारभूत मान्यतालाई प्राकृतिक रुपमा अवलंबित गर्दा नेपालको वर्तमान संसदमा प्रमुख प्रतिपक्ष दल नभएको अवस्थामा देखिन्छ।

यद्यपि विद्यमान परिस्थितिमा स्वतंत्र कानूनका विद्वान र राजनीति शास्त्रीहरुले यस गम्भीर बिषयलाई उठान गर्नु नै हुनेछ भन्ने बिस्वास गरौं।

संसदीय व्यवस्थाको मुल्य र मान्यता माथि नेपाली कांग्रेस बाट फेरी पनि तुषारापात भएको छ।संसदीय प्रणालीको एउटा मुख्य विशेषता हो, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुनु।संसद्‌मा बहुमत प्राप्त गर्ने संसदीय दलको नेताले मुलुकको कार्यकारी भूमिका निर्वाह गर्छन् भने विपक्षमा बस्ने दलले कार्यकारीलाई खबरदारी गर्दछन्। संसदीय मूल्य मान्यताको यो आधारभूत र महत्वपूर्ण विशेषतालाई चुनौती दिने घृणित परिदृश्य नेपालको संसद यानेकी प्रतिनिधिसभाको पूर्ण बैठकमा नेपाली कांग्रेसका सांसदहरुको तर्फ बाट भएको देखियो।

यस प्रकारकाको पतित र अनैतिक राजनीतिक आँचरणलाई ठेगान लगाउन समग्र नेपाली जनताले एक निस्चित समयमा निस्चयनै निधो गर्नेछन् भन्ने आसा चैं गरिन्छ नै।

एवं प्रकारका बाट मुलत: सैद्धान्तिक र राजनीतिक ब्यईमानी नगरि स्वतंत्र र स्वास्थ्यवर्धक क़ानूनी आधारभूत मान्यतालाई प्राकृतिक रुपमा अवलंबित गर्दा नेपालको वर्तमान संसदमा प्रमुख प्रतिपक्ष दल नभएको अवस्थामा देखिन्छ।

सिद्धांततः नेपालको संविधानमा प्रावधान भए अनुसार अहिले झट्ट हेर्दा नेपालको संसदमा प्रतिपक्षी दलको स्थान नै खाली भएको छ।किनकी पुरा संख्याको दश प्रतिशत संख्या नभएका दलहरु र प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गरि सकेपछिका ति दलहरु प्रतिपक्षी दल मानिदैनन् र सो प्रतिपक्ष दलको लागि भनिएको सम्मानित स्थान उनिहरुको लागि रहँदै रहन्न।

यसरी संविधानको भावना माथि कुठाराघात गर्दै प्रचण्डको सरकार र केही प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बस्ने कुरा अराजनैतिक र संविधानको मर्मविपरीत ठहरिन्छ। नेपाली कांग्रेसको दाउ समर्थन पनि गर्छु, विश्वासको मत पनि दिन्छु, प्रतिपक्षीमा पनि बस्छु भन्ने देखियो यस्तो त विद्यमान संविधानले परिकल्पना नै गरेको छैन नी।

प्रधानमंत्री, मुख्य मन्त्री लगायतलाई (सरकारलाई) विश्वासको मत दिइसकेपछि त्यो दल प्रतिपक्ष हुँनै सक्दैन।नेपाली कांग्रेसले संसदमा अनुपस्थित रहन सक्थ्यो भोट नहाल्न सक्थ्यो तर उपस्थित भएर विश्वासको मत दिएपछि त्यो दल प्रतिपक्ष रहन सक्दैन उ पूर्ण रुपमा सत्तापक्ष दल भयो भन्ने ठहरिन्छ। यसरी हेर्दा नेपाली कांग्रेसले संसदमा चालेको कदम असंसदीय र अराजनीतिक अभ्यास भएको स्पष्ट हुन्छ।यस दलले प्रतिपक्षी भएर दावा गर्ने सबै पदहरु र कार्यहरु असंवैधानिक र असंसदीय हुनेछन् भन्ने स्पष्ट बुझाई छ।

एकिन भै सारांशमा भन्नु पर्दा जुन-घाम जत्तिकै छर्लंग भएको बिषय, नेपालमा विद्यमान रहेको संविधान वमोजिम देशको मूल क़ानून संविधानले अपेक्षा गरेको संसदीय शासन प्रणाली नै अव अपुरो भएको छ एकातिर भने अर्कोतिर लोकतन्त्र र गणतंत्र माथि प्रतिगामी खतरा हावि भएको निस्चित पनि भएको छ।
पूर्व राजा भनिएका ज्ञानेन्द्र शाहले कुनै कालो काल खण्डमा असक्षम भनेर अपदस्थ गरेको मान्छे बाट अलग भएर हिनेको अर्को धुरंधर धूर्त र देश तथा जनताको लागि कहिले पनि भर-थेग नभएको मान्छे बाट “जता काफल पाक्यो उता चरि नाच्यो” गर्ने गरेर कहिले “छेपाराको गुणमा कहिले भ्यागुताको गुणमा” दौड़ा-दोड चैं नहोस्।

यस पटकको सात दलिए+ “भनिएको” केही स्वतंत्र सांसदहरु समेतको जननिर्वाचित प्राकृतिक गठबंधन सरकारले स्वतंत्र भएर सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर तोकिए बमोजिम बुद्धिमानी पूर्वक पुरै कार्यकाल काम गरोस् शुभकामा छ।

जहिले पनि जनतालाई धोकाधडी गर्ने दल र जनताको निर्णायक भूमिका बाट “परजिवी” ठहरिएका केवल नाम मात्रका दलको नजरअंदाज गरेर अरुलाई अतिक्रमण गर्नेहरु संग सधैं सावधानी अपनाएर देश र जनताको लागि ईमानदार भएर अभिभावकीय भूमिका मार्फ़त सेवा गर्न समेत आग्रह छ। सत्य तितो नै हुन्छ तर कदापि मर्दैन भन्ने यथोचित यथार्थतालाई यथावत गर्न जनता सचेत हुन जरुरी हुनेछ।

अस्तु!!

उपरोक्त धारणा र बिचारहरु मेरा व्यक्तिगत सोचमा आधारभूत छन् भन्ने विषयमा म स्वयं जानिफकार छु भन्ने अनुरोध जाहेर गर्दछु।

धन्यवाद!!

लेखक ,खगेन्द्र अधिकारी सामाजिक अभियंता साथै उत्तर अमेरिकामा नेपालीहरुको सबै भन्दा पहिलो र ठूलो राष्ट्रीय संस्था Association of Nepalis in the Americas (ANA) का वर्तमान संरक्षक एवं निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ।

प्रतिक्रिया