माटो मैयाँ लोकार्पण

इनेप्लिज २०७९ माघ २ गते २२:५६ मा प्रकाशित

घोस्ट राइटिङ नेपालको लेखन तथा संयोजन र एग्रीकल्चर टेक्नोलोजी सेन्टर (एटीसी) को प्रकाशनमा वैज्ञानिक तथा माटो विज्ञ डा.दिव्यलक्ष्मी वज्राचार्यको आत्मकथा माटो मैयाँ सार्वजनिक भएको छ । कुपुण्डोल व्याङ्केट स्थित सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि माटो विभाग प्रमुख नार्कका डाक्टर श्री प्रसाद बिष्टले लोकार्पण गर्नुभएको हो ।

पुस्तक सार्वजनिकरण गर्दै कार्यक्रममा डा. विष्टले माटोको महत्व बारे प्रकाश पार्दै माटो नै जीवन भएको, माटोको भाँडाको पानी पिउने, माटोको टीका लगाउने र माटोमै बस्ने लगायतका माटोको विभिन्न प्रथा प्रचलन भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा माटो बारे लेखिएको गीतको पनि विमोचन गरिएको थियो । गीत यस प्रकार थियो–

माटो माटो माटो, नेपाली माटो
रत्नजडित माटो, नेपाली माटो
अजम्बरी माटो, नेपाली माटो
माटो माटो माटो, नेपाली माटो

गायक तथा सङ्गीतकार दीपेन्द्र वज्राचार्यले गाउनुभएको गीतको रचना स्वयम् दिव्यलक्ष्मी वज्राचार्यले गर्नुभएको हो ।

कार्यक्रममा पुस्तक लेखन संयोजन गर्ने संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले वैज्ञानिक किताब निकाल्न पाउनु र यो माटोको बारेमा रोचक जानकारी समेटिएको पुस्तक लेख्न पाउँदा हर्ष लागेको बताउनुभयो । कार्यक्रममा गायक तथा संगीतकार दीपेन्द्र वज्राचार्यले आफूले यस्तो गीत गाउन पाउनु गौरववोध भएको बताउनु भयो । लेखक ध्रुव नेपालले ८४ वर्षको उमेरमा माटोमा आफ्नो जीवन जिउँदै सार्थक जीवन बनाउने बारेमा लागेको र पुस्तक र गीतले थप यसलाई उजागर गरेको बताउनुभयो । कार्यक्रममा पुस्तकका सम्पादक निर्मल वज्राचार्यले यस पुस्तकले माटोमा तरङ्ग ल्याउने छ भन्ने बारे चर्चा गर्नुभयो ।

आफैले स्थापना गरेको संस्था एग्रीकल्चर टेक्नोलोजी सेन्टर ३० वर्ष पुगेको उपलक्ष्यमा आफ्नो जीवन समेटिएको पुस्तक आएको र आफूले जानेको, बुझेको र देखेको कुरा बताएको र त्यसलाई सुन्दर ढंगमा प्रकाशन गरेको उहाँले बताउनुभयो । धेरै भन्न छुटेको कुरा बल्ल थाहा पाएको र अब थप लेख्ने प्रेरणा मिलेको कार्यक्रममा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया