स्वर्ग मर्त्य दुबै लोकमा बसेका छन् रजाइ गरि
न हुन राजा न हुन दैत्य मात्र हुन ती नगर परी
एउटालाई प्रेममा पारि अर्कै सँग बसे पनि
छोडि फेरि अर्कै सङ्ग लगन गाँठो कसे पनि
काखमै राखि बसेकाको काखै बिच मुते पनि
एउटा सङ्ग नाता जोडी अर्कै सँग सुते पनि
रिसाउदैनन् तीनि सङ्ग त्यती प्रिय भए किन?
सर्वप्रिया भइ लोकमा चलेकै छ अहो दिन
चातुर्य चपला उस्तै निर्लज्जा छ आभुषण
यीनैका वसमा पर्छन् देव दैत्य नेतागण
जसका नि खोपीमा छिर्ने सोह्रश्रृङ्गारले बनि
केबल तिम्रै हूँ प्रिय धोका दिन्न भनि – भनि
टिको टालो गरिवरि एउटा सङ्ग सँगै बसि
अर्को मर्द खाेजि फेरि सिँउदाेम सिन्दुर घसि
सबैका खोपीमा पुग्छे आलो पालो गरि- गरि
जानेकै छ सबै कृत्य मर्मज्ञा सर्व सुन्दरी
सबै लोकमा सबै युगमा चलेकै छ यहि रित
पञ्चकन्या भने बरु बनेन् खै ती निन्दित
जहर बाेकि हिँडे पनि लाेकले ठान्छ त्यो मधु
सृष्टिको चलनै यस्तै सर्वप्रिया नगरबधु!!
-अर्जुन राज पन्त
बाग्लुङ मुलपानी
(ब्यङ्ग्य कवि पहिलो ब्यङ्ग्यकाब्य ‘कोइली’का समेत हुन )
प्रतिक्रिया