हरेस नखानु – बिष्णु बराल

इनेप्लिज २०७९ पुष ३० गते २३:२७ मा प्रकाशित

घाम डुब्न लागेको छ । क्षितिजपारीबाट स्याल र चराचुरुंगीहरुको अविच्छिन्न आवाज गुन्जिरहेको छ । म अझंगको पिपलबोट मुनि बसेर सानो सिन्काले भुई कोतरी रहेको छु।अनेक सपना मडारीरहेका छन् मनभित्र ।

यसो गरौ की उसो भन्दै तर टुगोंमा केही पुग्दीन। चन्द्रमाको शितल प्रकास सुरु भईसक्यो अनि म जुरूक्क उठ्छु र संझन्छु यो मेरो दोष हैन । अभावमा जन्मनु व्यक्तिको दोष हुदै होईन । यदि हो भने भगवान मलाई माफ गर म तिम्रो होईन।

यदि हो भने भगवान मलाई माफ गर म तिम्रो होईन।

यत्तिकैमा मेरो मन अन्यमनस्क भयो। थचक्क बसे अनि गम्न थाले। यो जगतमा कयौ यस्ता छन जस्ले एक गॉस खान पनि पाएका छैनन् । एक गास खानको लागी करोडौको पसिना चुहाउन, अर्बौ अरबमा पनि नपाईने अस्मिता गुमाउन बाध्य बनेका छन् ।

म पढ्न, लेख्न र बोल्न सक्छु भन्नेले त यसो भनेर हरेस खाई रामभरोसाको साथ खोजेभने ति निमुखाहरुको ब्यथा कस्ले सुन्ने? खाडीको मरुभूमिमा आफ्नो भाग्य र भविष्यको मृगतृष्णामा रुमल्लीएकाहरुको भाग्य कसले कोरी दिने ? यस्तै कैयन अनुत्तरित प्रश्नहरू मेरो मनमा मडारीन थाल्यो।

यस्तै कैयनअनुत्तरित प्रश्नहरू मेरो मनमा मडारीन थाल्यो।

यत्तिकैमा , जसरी तिव्र गतिले प्रवाहित पातलो वादलले ढाकेर यस चॉदनीरात निष्फल बनाउदै छ, यस्ता तमाम प्रश्नै प्रश्नले थिचेकोले म पनि ऑजको रातलाई असफल रात वनाएर काटन चाहिन र भविष्यमा प्रश्नहरुको उत्तर खोज्ने झिनो आश लिएर हिडे गुडतिर मुन्टो लुकाउदै!

बिष्णु बराल,

बाल्टीमोर ,अमेरिका

प्रतिक्रिया