अध्यक्षसँग ‘अन्तर्दृष्टि’ का कुरा

इनेप्लिज २०७९ पुष ३० गते १८:४७ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साप्ताहिक अनलाइन कार्यक्रम अनेसास संवादको १८औँ शृंखला शनिवार प्रस्तुत गरिएको छ । यसपटक ‘अध्यक्षसँग अनेसासका कुरा’लाई अनेसासको प्रकाशन ‘अन्तर्दृष्टि” विशेष गरिएको थियो । कार्यक्रममा अनेसासका सल्लाहकार प्रतीक ढकालले अन्तर्दृष्टिको गुणात्मक पक्षलाई केलाएका थिए भने प्रधान सम्पादक लागगोपाल सुवेदीले पत्रिकामा स्तरीय रचना र विधागत विविधतालाई ध्यान दिइएको बताए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य सरिता अर्याल, सह- कार्यकारी सम्पादक डा. शशी थापा, अनेसास न्यूह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, अनेसास फ्लोरिडा च्याप्टर अध्यक्ष डा. अमरबहादुर कार्की, साहित्यकार मोहराज शर्मालगायतको सहभागिता र मन्तव्य रहेको थियो ।

छलफलमा अन्तर्दृष्टि प्रकाशन कोषको स्थापनादेखि अनेसास सर्वोत्कृष्ट सिर्जना पुरस्कार स्थापनाको कुरा गरिएको थियो ।अनेसासको प्रकाशन अन्तर्दृष्टि तीन दशकदेखि निरन्तर प्रकाशित भइरहेको डायस्पोराको एक मात्र साहित्यिक पत्रिका हो । जसको ४८औँ अंकको यसपटक चर्चा गरिएको हो ।

प्रतिक्रिया