कविताः   डोको

अलका मल्ल काठमाडौं २०७९ पुष ३० गते ४:४९ मा प्रकाशित

छिल्दै बाँसका चोयाहरु अनेक सपनाका
उनिरहने ग्रामिण उद्यमीले अनगिन्त माला

असंख्य आँखी झ्यालहरुले बनेको डोको
लाग्छ नेपालीको कला सजिएको धोक्रोे

सुहाउँदो एउटा पहिचान झल्काइएको
अटाउन खोज्छ संधै भारीहरु अनेकको

डोकोका अनेक आँखीहरुले अरुको भारी
अटाएर आफू थिच्चिंदा पनि सहने बानी

नियालीरहने डोकोका आँखीहरुबाट
मनोरम् दृष्य
रुझ्दै आफ् अरुलाई ओत दिई
सुरक्षित राख्ने पृष्ट

अलका मल्ल
काठमाडौं

प्रतिक्रिया