बज्जी साहित्यिक त्रैमासिकको आठौँ अंक प्रकाशित

इनेप्लिज २०७९ पुष २९ गते १८:४३ मा प्रकाशित

नेपालमा बज्जिका भाषाको साहित्यिक त्रैमासिक बज्जीको आठौँ अंक प्रकाशित भएको छ । नव प्रकाशित अंकको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा बज्जिका भाषामा पुरस्कारका संस्थापक धर्मनाथप्रसाद जयसवाल तथा गरुडा नगरपालिकाकी पूर्व उपप्रमुख रंगिलादेवी जयसवालले संयुक्त रुपमा गरुडामा सार्वजनिक गरेका छन् ।

बज्जी साहित्यिक त्रैमासिकका प्रधान सम्पादक सञ्जय साह मित्र तथा व्यवस्थापक किशुनदयाल श्रीकृष्णको उपस्थितिमा बज्जिकासेवी जयसवालद्वयले पत्रिकाको कात्तिक – पुस अंकलाई सार्वजनिक गर्दै बज्जिका भाषा र बज्जिका साहित्यको विकासमा पत्रिकाले ठोस योगदान दिएको बताउँदै बज्जिका भाषाको विकासको लागि एकीकृत काम गर्नु आवश्यक रहेको बताएका छन् ।

सर्लाही जिल्ला प्रशासन कार्यालय मलंगवामा दर्ता भई निरन्तर र नियमित रुपमा प्रकाशित भइरहेको बज्जी साहित्यिक त्रैमासिकको आठौँ अंकमा चन्द्रशेखर रस्तोगी, डा. विद्या चौधरी, बालदेव प्रसाद साह, बिन्दा साहनी, ज्वाला सांध्यपुष्प, ईश्वर करुण, विशाल यादव, सञ्जय साह मित्र, अखौरी चन्द्रशेखर, रेणु गुप्ता, सञ्जय सुदामा, अभिजितकुमार राम, भोला पासवान, सचिन्द्र प्रसाद यादव, कुशु साह, मनिकाकुमारी साह, सुनिता यादव, अंशुकुमारी केशरी, किशुनदयाल श्रीकृष्ण, संझाकुमारी दास, मनमोहन सिंह मनोहर आ पृथ्वीनारायण महतोके गीत, गजल, कविता, लोककथा, लघुकथा, समीक्षा तथा समालोचना विधाका रचना प्रकाशित छन् ।

नेपालको बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका साहित्यकारहरुका साथै भारतको पटना, मुजफ्फरपुर, हाजीपुर, चेन्नई, समस्तीपुर लगायका जिल्लाका साहित्यकारहरुको रचना प्रकाशित छन् ।

नेपाल र भारतमा लोकप्रिय बज्जी साहित्यिक त्रैमासिकले निरन्तरता पाउने प्रकाशक÷सम्पादक रामचन्द्र महतो कुशवाहाले जनाएका छन् । नेपालमा बज्जिका भाषाको सर्वाधिक चर्चित पत्रिका भारतको विभिन्न सहर तथा जिल्लामा पनि धेरै पाठकले रुचाउने गरेका छन् ।

दुई वर्षको अवधिका बज्जी साहित्यिक त्रैमासिकले अक्षयकोशमा राम्रो रकम जम्मा गरिसकेको व्यवस्थापक किशुनदयाल श्रीकृष्णले जानकारी गराएका छन् ।

प्रतिक्रिया