अनेसास डीसी मेट्रो च्याप्टरद्वारा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ पुष २९ गते १७:१३ मा प्रकाशित

७ जनवरी २०२३ शनिबारका दिन अनेसास डीसी मेट्रो च्याप्टरले अनेसास बीओटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पदम विश्वकर्मा, उपाध्यक्ष ( जनरल ) विष्णु प्रसाद घिमिरे, उपाध्यक्ष (पुरस्कार ) तीर्थराज पाण्डे, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सदस्यहरू धर्मराज कोइराला, ऋषिराम बराल, रश्मी भटृलगायत पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै अनेसासका संस्थापक अध्यक्ष श्री होमनाथ सुवेदीज्यूले संस्थालाई बलियो बनाउन सक्षम व्यक्तिहरू विजय भएको र यही कार्यकालमा संस्थाले आफ्नो भवन पाउने विश्वास व्यक्त गर्दै निर्वाचन प्रजातान्त्रिक मूल्यको सुन्दर पाटो भएकाले विजय हुने र पराजय हुने दुवै व्यक्तिको महत्त्व रहने कुरा व्यक्त गर्नुभयो । अनेसास डीसी मेट्रो च्याप्टरका अध्यक्ष पुस्कर पन्तको अध्यक्षता रहेको सो कार्यक्रममा बोर्ड अफ ट्रस्टीका नवनिर्वाचित अध्यक्ष पदम विश्वकर्माले आफ्नो कार्यकालमा नै अनेसासको नयाँ भवन तयार गर्ने अठोट गर्नुभयो ।डीसी नै अनेसासको जन्मथलो भएकाले यही क्षेत्रमा भवन बनाउन आफू लागिपरेको र साहित्यलेखन तथा कृति प्रकाशनमा आफ्नो विशेष जोड रहने कुरा पनि मन्तव्यका क्रममा उहाँले थप्नुभयो । कार्यक्रममा अनेसास केन्द्रीय कार्य समितिका सदस्यहरु सुदीपभद्र खनाल, सरिता अर्याल, अनेसासका पूर्व केन्द्रीय अध्यक्षहरु भीम रेग्मी, बसन्त श्रेष्ठ, पुरु सुवेदी, अनेसास विओटीका पूर्व सचिव शिव लामिछाने, अनेसास बीओटी पुरस्कार समितिका पूर्व अध्यक्ष प्रा डा गोपी उप्रेती, अनेसास विओटीका पूर्व सल्लाहकार सीता पाण्डे, अनेसास केन्द्रीय कार्य समितिका सल्लाहकार गोविन्द गिरी प्रेरणा, वरिष्ठ साहित्यकार कृष्ण धरावासीलगायत व्यक्तित्वहरूले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित पदाधिकारीहरू सचिव नारायण अधिकारी, महासचिव प्रकाश नेपाल, उपाध्यक्ष तीर्थराज पाण्डेलगायत महानुभावहरूले धन्यवाद मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सदस्य श्री धर्मराज कोइराला ( क्यालिफोर्निया ) र रश्मि भटृ ( न्युयोर्क ) भौतिक रूपमा उपस्थित हुन नसके पनि जुम मार्फत जोडिएर कार्यक्रममा सहभागी हुनुभएको थियो ।

डीसी मेट्रो च्याप्टरका उपाध्यक्ष सुनिता खत्रीले स्वागत मन्तव्य र संस्थाका उपाध्यक्ष कवीन्द्र सिटौलाले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रम महासचिव नीलकण्ठ सुवेदीले संचालन गर्नुभएको थियो।

कर्यक्रममा अनेसास ट्रस्टी सदस्य बन्नु भएका डीसी मेट्रोका उपाध्यक्ष कवीन्द्र सिटौला तथा सदस्य जगन्नाथ पौडेललाई अनेसासका संस्थापक होमनाथ सुवेदी, नवनिर्वाचित ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माले खादा ओढाइ स्वागत् गर्नुभएको थियो ।

कार्यक्रममा अनेसासका सल्लाहकार गोविन्द गीरी प्रेरणाले हालै प्रकाशन गर्नुभएको सुश्री पारिजात ( जीवनी ) पुस्तकको वारेमा जानकारीगराउनुभएको थियो भने कृति प्रकाशन गरेकोमा उहाँलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया