एउटा बालख बालुवाको महल बनाऊँदै थियो,
एटलान्टिक समुद्रको किनारमा कुनैदिन,
हठात् मैले सम्झन पुगेको थिएँ,
अजूंलिमा बोकेको बालुवा
औंलाको काप कापबाट बगेर
हावासंग मिंसिएर वत्तिदां
मेरा बैंशका रहरहरू
ति हावाको लयसंगै सुरूसुरू वगेर
हावामैं मिसिएर गएका थिए,
जसरी त्यो बालखको महल ढल्थ्यो
अनि फेरि बालखले महल ठड्याऊँथ्यो
मेरा चाहना र रहरका महलहरू पनि
त्यसैगरि ढल्दै उठदै गरेका थिए,
मैले लाचारीमा , नतमस्तक भएर
चूपचाप परिस्थितिसंग सम्झैंता गरेको सम्झें
बालुवाको महल जस्तै
यो यथार्थ थियो,
अजूंलिको कापबाट वालुवा चुहिंन्छ,
औंलाको काप कापबाट बगेर जान्छ
बालुवा,
मैले पनि-
विवशतालाई त्यसै गरि स्वीकारेको थिएँ,
यसरी मेरा बैशका रहरहरू
भुरूरूरू भुरूरूरू चुहिएर गएका थिए
उडेका थिए कता कता
म चूपचाप हेरिरहें
र खोज्नथालें समानता
बालुवामा बनेको महल र
अंजूलिको कापबाट चूहिंएको बालुवा र
मेरा बैंशका अपूरा रहरहरू बीच !
१/११/२३
सुशील नेपाल
अमेरिका
हालःकाव्य कुन्ज
राजमित्र प्राड्गण
प्रतिक्रिया