परापुर्व कालदेखि अथवा आफना बाउबाजेका पालादेखि कमाएका खेतबारीमा बस्ने भेडापुली जनताहरु अघोषित सुकुम्बासी भएर बस्न बाध्य भएका छन ।कारण दोलाखाको गुठि भएदेखि सालको नब्बेमुरी धान, २५ वटा कटुवा राँगो सदरका ४ वटा राँगा ७२ वटा बोका सातमुरी तेल एकमुरी घिउ भेडापुलीले बुझाउन पर्ने दोलाखाका गुठियाहरुलाई एक बर्षमा ।
तर समयको गतिसंगै मानिसको सोच्ने छ्यमताको पनि बृद्धि भएको कारणले, भेडापुका जनताहरुले पनि आफू अन्ययामा परेको ठहर गरेर गुठिसंस्थानासंग बार्ता गर्न समय समयमा भेडापुबाट प्रतिनिधिहरु आएर २०३० सालदेखि पुतली सडकस्थित गुठिसंस्थानका तत्कालिन अध्यक्ष बद्रिबिक्रम थापासंग यसबारे छलफल नभएका पनि होइन । तर समस्याको समाधान भन्दा समस्याहरु झन थपिदै गए । न भेडापुमा नापी विभागले नापी गरेर गुठिका जग्गाधनिहरुलाई लालपूर्जा नै दिन सक्यो ? न त्यहाँका जनताले लाग्ने मालमोत दस्तूर तिरेर आफनो मनलाई शान्त पार्न सके । झण्डै ४५ बर्षसम्म राज्यले लिनु पर्ने जनताले बुझाउन पर्ने तिरो अहिलेको दिन सम्म ठ्याप भएर बसेको अवस्था छ । आफूूहरुलाई चाहे जेपनि हुने जनजातीहरुका लागि चाँहि केहि नहुने ? किन यसो भएको त्याँहाका तामाङ्ग जातिहरुको बोल्ने मानिस नभएर हो ।
४५ बर्षमा नेपालमा धेरै परिवर्तनहरु आए गए तर रण बहादुर शाहको पालामा स्थापना भएका दोलखा जिल्लाको भेडापुका अर्थात मेलुङ्ग गाँऊपलिका अन्तरगत चार नम्बर भेडापुको समस्य जिँउको तिउँ छन । नेपालमा १० बर्षे युद्ध भए, राजसंस्था उखेलेर फयाले जनयुयुद्धका मुख्य नाइके हाल प्रधान मन्त्रीको पदमा छन् तर आफनै जग्गामा अघोषित सुकुमबासीहरु भेडापुका जनताले कहिले न्याय पाउने ?के सरकारले पहिलेको बाँकी तिरोलाई मिनाह गरेर नापजाँच गरेर जनतालाई लालपुर्जा वितरण गर्न सकिन्न र ? यदि तिर्न परे कति तिर्न लगाउने यस विषयमा के हालको मन्त्रीपरिषदको बैठले मालपोत कार्यालयलाई डोर खटाउन लगाउन सकिन्न र ? रण बहादुुर शाहका पालामा ताम्रापत्रलाई झिकाएर तुरुन्त नापी गराउन भेडापुहरुको अनुरोध छ । हो दोलाखाको भिमेश्वर प्रख्यात छ, बेलाबेलामा पसीना आउने गरेको पनि छ । ईतिहासले भन्छ, यो मन्दीर मल्लकालिन समयमा १६११ मा स्थापना भएका रे । यहाँ अथवा दोला एउटा कान्तिपुरकै नमुना जस्तो थियो । यहाँको दरबार २०१३ सालमा आगोलागी भएर ध्वस्त भयो । यहाँ श्यम्भु मन्दीर बतासेपार्टि थिए तर अहिले छैन । यहाँ पानीको अभाव भएर तत्कालिन समयमा काठमाडौ देखि पानीको पाइप बोकाएर चरिकोटबाट पिउने पानी ल्याउने काम स्वर्गी इन्द्रमणी राजभण्डारीले गरेको पंक्तिकारलाई थाहा छ ।
-डिग बहादुर तामाङ्ग,भेडापु। दोलाखा
प्रतिक्रिया