पृथ्वी जयन्ती साथै राष्ट्रिय एकता दिवस

इनेप्लिज २०७९ पुष २७ गते २२:३७ मा प्रकाशित

पुस २७ गते राष्ट्र निर्माता बडामहाराज धिराज पृथ्वी नारायण शाहको जन्म-जयन्ति मनाउने वर्तमान मन्त्रिपरिषदको निर्णयले ढिलै भए पनि केही अविवेकी शासकको घैंटोमा घाम लागेको आभाष भएको छ।

ऐतिहासिक वीर, वीरांगना महापुरुषहरु प्रति हामीहरुले केवल आवेग, आरोप, प्रत्यारोप, प्रतिरोध सांधेर मात्र हुदैन। देश र जनताको लागि सम्झनलायक कार्य गर्नु हुने ऐतिहासिक प्रमुख अग्रजहरु सबै प्रति सकारात्मक भएर सम्मान प्रकट गर्न पनि सक्नु पर्दछ।

प्रोफ़ेसर डा. गोपी उप्रेती लगायतले गत वर्षहरु देखिनै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको ऐतिहासिक राष्ट्रिय महत्व र पौस २७ का दिन नेपालमा सार्वजनिक छुट्टीको आवश्यकताका बारेमा सानदार तवरबाट विभिन्न संचार माध्यम मार्फ़त महत्वपूर्ण र तर्कसंगत बहसहरु गरिरहनु भएकै हो।

फलस्वरूप लामो समयको अन्तराल पश्चात नै भए पनि यस ऐतिहासिक आवश्यकतालाई महसूस गरी नेपालको वर्तमान मन्त्रीपरिषदको निर्णय बाट नेपालमा पौस २७ गतेका दिन पुनः अब उपरांत सार्वजनिक बिदा हुँने भएको छ।

आश्चर्य जनक सन्दर्भ त यो हो कि इतिहासको कालखण्डमा जस-जसको इच्छा र आकांक्षामा वर्षौ वर्षको सुनौलो इतिहासको सुन्दर पाना माथि सार्वजनिक बिदा दिने प्रचलनलाई विभिन्न किसिमका कुतर्क र बाहनाबाजी गर्दै भै गरी रहेको प्रचलनलाई सधैंका लागि आक्रामक शैली बाट बन्द गरिएको थियो, अहिले आएर तत् तत् पात्र र व्यक्तिहरु कै निर्णय र रोहबरमा अतिक्रमण गरि बन्द गरिएको यस सार्वजनिक राष्ट्रिय बिदालाई पुनः पुनर्स्थापित गरिएको छ।

यसरी यस बिदालाई बन्द गर्ने उनै-उनै व्यक्तिहरु स्वयं लगायतको निर्णायक भूमिका बाट पुनः राष्ट्रिय एकता दिवस सम्बंधित बिदा पुनर्स्थापन गर्ने निर्णय हुनु समग्रतामा सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली जनताको लागि आँफैंमा धेरै नै महत्वपूर्ण, आश्चर्यजनक र उपलब्धिमुलक सोच सहितको गतिशील कदम हो भन्ने निस्चित हुन्छ भन्दा अत्युक्ति हुदैन।

पुनश्च: संवेदनशील हुदै यस बिदालाई स्वयं लगायतले महसूस गरेर पुनर्विचार गर्नु र बिदा दिने निर्णय गर्नु भनेको सबै नेपालीको लागि गौरव र खुसिको क्षण हो भन्ने मलाई पनि लागेको छ।

उपरोक्त निर्णय सबै नेपालीहरुको लागि स्वागत योग्य समेत ठहरिएको छ भन्ने लागेको छ।

हामीले यो पनि स्मरण गर्न जरुरी छ कि पुस २७ गतेका दिन नेपालमा पुनः सार्वजनिक बिदा दिने भनेर मन्त्रिपरिषदले गरेको यस निर्णयको बिषयलाई राष्ट्रिय प्रजातंत्र पार्टी लगायत स्वदेशी एवं प्रवासी नेपालीहरु बाट ठूलो जनदबाब सहितको मुद्दा र मांग बमोजिम अगाड़ी बढेको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णय बाट नेपाललाई भौगोलिक रुपमा एकीकरण गर्दै नेपाली जनतालाई समेत भावनात्मक तवर बाट एकै मालामा जोडेर एकीकृत गर्ने दूरदर्शी राजा श्री ५ बडा महाराजाधिराज स्वर्गीय पृथ्वी नारायण साह प्रति सम्मान प्रकट भएको महसूस गरिन्छ।

यसरी नेपालमा हरेक वर्ष पौस २७ गतेलाई पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णयले सबै नेपालीहरुलाई धेरै नै खुसि बनाएको छ भन्नेमा दुईमत नहोला।

म आफ्नो तर्फ बाट यस सकारात्मक निर्णयलाई सहजता पूर्वक सहमति जनाउदै वर्तमान नेपाल सरकारलाई आभार प्रकट गर्दछु।

साथ-साथै यस सम्बंधित मुद्दालाई लामो समय देखि विदेशी भूमि संयुक्त राज्य अमेरिकामा रहेर पनि अनवरत रुपमा लागि पर्दै यस पौस २७ गतेका दिनमा नेपाल एकीकरण गर्ने ऐतिहासिक स्वर्गीय राजा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहलाई सम्मान गर्दै वहालाई सम्झनामा राखि राख्न जरुरी छ भन्नेमा बिषयलाई सार्वजनिक बहस चलाई रहनु हुने प्रा. डा. गोपी उप्रेती र सम्बंधित सबै प्रति धेरै नै आभारी छु।

अन्तमा, सारांशमा भन्नु पर्दा बिगतमा माववादी कम्युनिस्टहरुको सरकारले हटाएको पौस २७ गतेको सार्वजनिक विदालाई हाल उनिहरु लगायत अन्य वामपन्थी घटक समेतको बाहुल्यता रहेको सरकारले पौष २७ गतेलाई पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसको रूपमा मनाउन पुन: सार्वजानिक बिदा घोषणा गर्नुलाई इतिहासको पुनर्लेखन भएको हो भनेर पनि संकेत गर्न सकिन्छ।

उपरोक्त संकेतलाई सकारात्मक र बिल्कुल विवेकपूर्ण कदमका रुपमा मान्दै स्वीकार समेत गर्न सकिन्छ।

सत्य तितो त अवस्यनै हुन्छ तर मर्दैन।अस्तु!!

लेखक खगेन्द्र अधिकारी सामाजिक अभियंता साथै उत्तर अमेरिकामा नेपालीहरुको सबै भन्दा पहिलो र ठूलो राष्ट्रीय संस्था Association of Nepalis in the Americas (ANA) का वर्तमान संरक्षक एवं निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ।

प्रतिक्रिया