अध्यावधिक गरिएको : भर्जिनियामा महिला शिक्षकलाई गोली प्रहार गर्ने ६ वर्षीय बालकले आमाको बन्दुक ल्याएको प्रहरी बिवरण

इनेप्लिज २०७९ पुष २५ गते २२:५२ मा प्रकाशित

अध्यावधिक गरिएको : भर्जिनियाको न्युपोर्ट न्यूजको रिचनेक इलिमेन्टरी स्कुल(प्राथमिक बिद्यालय)मा गत शुक्रबार दिउँसो एक महिला शिक्षकलाई गोली हान्ने ६ वर्षीय बालकले आफ्नी आमाको बन्दुक ल्याएको प्रहरीहरुले बताएका छन । शिक्षकलाई गोली हानेपछि बालकलाई हिरासतमा लिइएको छ ।

भर्जिनियाको न्युपोर्ट न्यूजका प्रहरी पुलिसले सोमबार प्राथमिक विद्यालयमा शिक्षकलाई गोली हानेको बारेमा नयाँ विवरण प्रदान गरेको सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रहरीले पहिले आकस्मिक नभएको भनेर वर्णन गरेको गोलाबारी शुक्रबार जनवरी ६ का दिन न्युपोर्ट न्यूजको रिचनेक प्राथमिक बिद्यालयमा भएको थियो। घाइते शिक्षक २५ वर्षीया अबिगेल ज्वार्नर हुन् भने शिक्षिकाले पाठ सिकाउँदै गर्दा बच्चाले बन्दुक उठाएर हानेको प्रहरी प्रमुख स्टिभ ड्रुले पत्रकार सम्मेलनमा भने ।

शिक्षिकाले रक्षात्मक स्थिति लिइन्” र उनको हात समातिन्, ड्र्यूले भने; गोली उनको हातबाट निस्केर छातीभित्र पस्यो। उनी अझै पनि अस्पतालमा छिन् र उनको अवस्था स्थिर रहेको बताइएको छ।

ड्रुले अगाडी भने त्यहाँ गोली मात्रै चलाइएको थियो। उनले शिक्षक र विद्यार्थीबीच शारीरिक झगडा नभएको बताए । बच्चाले ९ मिलिमिटरको सानो हाते बन्दुक प्रयोग गरेको बताए ।

प्रहरीले उक्त बन्दुक कानुनी रुपमा बालककी आमाले किनेको बताए । बच्चाले आफ्नो पछाडी भिर्ने झोला (ब्याकप्याक)मा हतियार बिद्यालयमा ल्याए तर ड्र्यूका अनुसार बन्दुक बच्चाको शरीरमा भएको र गोलाबारीमा उनले झोलाबाट ननिकालेको बताए ।

“म चाहन्छु कि हामीले कहिल्यै (सोध्न) नपरोस् … ६ वर्षको बच्चाले कसरी बन्दुक प्रयोग गर्ने जान्दछन् भनेर ? मलाई थाहा छैन कि म तपाईहरुलाई पर्याप्त जवाफ दिन सक्छु,” ड्र्यूले भने। “यो अभूतपूर्व हो। त्यो प्रश्नको जवाफ कसरी दिने मलाई थाहा छैन।”

प्रतिक्रिया