गोवर्द्धन पूजालाई ‘खोरियाश्री साहित्य सेवा सम्मान;

इनेप्लिज २०७९ पुष २३ गते २२:३६ मा प्रकाशित

समाचारदाता

नेपाली भाषा साहित्यको सेवा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष हुनुभएकोमा गोवर्द्धन पूजालाई ‘खोरियाश्री साहित्य सेवा सम्मान’ प्रदान गरिएको छ ।


चन्द्रागिरि साहित्य प्रतिष्ठानले एक कार्यक्रम गरेर उक्त सम्मान प्रदान गरेको हो ।

सम्मानित पूजाका ९ वटा साहित्यिक कृति प्रकाशित छन् भने डेढ दर्जन पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

अमेरिकाको बोस्टनमा रहेका पूजाले हाल प्रत्येक महिना ‘अध्यक्षसँग अनेसासका कुरा; जूम कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार गंगा लिगल, कलानिधि दाहाल, डा देवी पन्थी, सुनिता राई,चूडा निर्भिक, आर्त अकुलिन, उत्तम भेटवाल, सीता पाण्डे, अनुराधा थापा, द्वारिका कुईंकेल, चन्द्रावती अधिकारी, देवीप्रसाद मिश्र, शारदा आचार्य, चन्द्रा न्यौपाने, सुरेश घिमिरे, घनश्याम पौडेल, तारा घिमिरे, सरस्वती श्रेष्ठ, हरि शर्मा पंगेनी, गोम बिक्रम, सुनिता राई, कृष्णप्रसाद पौडेल, सुशिला पौडेल, दिनानाथ पोखरेल, रेणु घिमिरे लगायत २७ जना सर्जकहरूले आ-आफ्ना रचना कविता, खोरिया, सुसेली, उदक, गजल आदि वाचन गर्नुका साथै मन्तव्य राखेका थिए ।

प्रतिक्रिया