बज्जिका संगमको ५४औँ साहित्य गोष्ठी सम्पन्न

इनेप्लिज २०७९ पुष २३ गते २१:२६ मा प्रकाशित

रौतहट

रौतहटको गरुडामा बज्जिका साहित्य गोष्ठी सम्पन्न भएको छ । गरुडास्थित रेडियो मधेश मसला एफएमको सभा कक्षमा शनिवार बज्जिका साहित्य संगम रौतहटले हरेक महिना आयोजना गर्ने साहित्य शृङ्खलाको ५४ औँ गोष्ठी सम्पन्न भएको हो । संगमले हरेक महिना आयोजना गर्ने साहित्य गोष्ठी तिन महिनापछि शनिवार सम्पन्न भएको हो ।

संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही, रौतहट र बाराका बज्जिका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बज्जिका भाषाका साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष सञ्जय साह मित्र, सर्लाहीका साहित्यकार सञ्जय सुदामा, बाराका बज्जिका साहित्यकार तथा नवसर्जक साहित्य चौतारी नेपाल मधेश प्रदेशका कोषाध्यक्ष अभिजितकुमार राम, साहित्यकार रेणु गुप्ता, संगीता सहनी, मोमताज रायभाट, चन्दनकुमार यादव, बज्जिका गायकद्वय रविन्द्रकुमार पटेल र कुमार चन्दन लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

मधेश प्रदेशसभामा मातृभाषा बज्जिकामा शपथ लिने प्रदेश साँसदहरुप्रति धन्यवाद व्यक्त गर्दै मधेश प्रदेशसभामा मातृभाषाहरुमध्ये बज्जिकालाई सबैभन्दा ठूलो मातृभाषा बनाउने साँसदहरुप्रति संगमले आभार पनि व्यक्त गरेको छ । आगामी दिनमा बज्जिका भाषा र साहित्यका लागि थप प्रभावकारी कार्यहरु गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।

प्रतिक्रिया