मेगा मिलियन्स चिट्ठा शुक्रवार कसैलाई परेन ,भाग्यशालीले बिजेताले अब करिव १ .१ बिलियन डलर जित्ने

इनेप्लिज २०७९ पुष २३ गते १६:५७ मा प्रकाशित

अमेरिकाको सु-प्रसिद्ध चिट्ठा मेगा मिलियन्स गत जनवरी ६ शुक्रबार कसैलाई नपरे पछि अबका महा-भाग्यशालीले बिजेताले १ .१ अर्व मिलियन डलर जित्ने छन् । बिजेताले ५६८.७ मिलियन डलर नगद पुरस्कार प्राप्त गर्न सक्ने छन ।

गत शुक्रवार जनवरी ६ का दिन खोलिएको मेगा मिलियन्स चिट्ठा सबै छ वटा अंकहरु नमिलेको कारण उक्त चिट्ठाको भाउ वृद्धि हुदै झन्डै ९४० मिलियन डलरबाट अब १.१ अर्ब डलर पुगेको छ ।

मेगा मिलियन्स संजालस्थल (वेबसाइट)का अनुसार मंगलबारको ९४० मिलियन ज्याकपट(चिट्ठा )को लागि विजेता अङ्कहरू ३,२०,४६,५९,६३ रहेका थिए भने मेगा बल अङ्क १३ रहेको थियो ।

अब आउने मॅगलवार उक्त चिठ्ठा खुल्ने छ । ६ वटै अंक नमिले पछि कोही बिजेता घोषित हुन् नसकेको व्यवस्थापनले शनिवार बिहान जानकारी गराएका छन ।

२००२ मा खेल सुरु भएको २० वर्ष भन्दा बढी समय अवधिमा आगामी मॅगलवार खुल्ने चिठ्ठा ईतिहासकै मेघा मिलियन्सको तेस्रो ठूलो पुरस्कार हुने एक समाचार विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया