मैले आफुले देखेका सपनाहरु………..

इनेप्लिज २०७९ पुष २३ गते ११:३५ मा प्रकाशित

मैले आफुले देखेका सपनाहरु सम्झेर बसेको छु
देखेका सपनाहरु पुरा गर्न खोजिरहेको छु

अनेक कल्पनाहरु मनमा गरेर जिन्दगीको बारेमा सोचेको छु
सपनाहरु सजायर ठुला ठुला महलहरु बनाउनेछु
के गर्ने यो मन बाट सोचिरहेको छु
अनेक कल्पनाहरु गरेर मनमा जिन्दगीको बारेमा सोचेको छु

तिम्रा ति नयनहरुमा हेरेर बस्नुपर्ने समय रहेछ
जिन्दगीको लक्ष्य पुरा गर्ने समय आएछ
सपनाहरु त देखेको थिए पुरा गर्नुपर्छ
अनेक कल्पनाहरु मनमा गरेर जिन्दगीको बारेमा सोचेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया