भर्जिनियामा द एक्स ब्याण्ड तथा पासा ब्याण्डको सयुक्त सांगीतिक कार्यक्रम हुने

इनेप्लिज २०७९ पुष २० गते २३:३३ मा प्रकाशित

भर्जिनियामा द एक्स ब्याण्ड तथा पासा ब्याण्डको सयुक्त सांगीतिक कार्यक्रम हुने भएको छ । आयोजकले जानकारी दिए अनुसार आगामी जनवरी १३ शुक्रबारको दिन भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाइट्स चमेना गृहमा कार्यक्रम हुने भएकोले सबै नेपाली समुदायलाई आयोजकले आमन्त्रण गरेका छन् ।

अंग्रेजी नयाँ बर्ष २०२३ को शुभ अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो भने टिकट दर ३५ डलर र ५० डलर राखिएको छ । त्यही दिन ढोकामा टिकट लिने दर्शकले ४० डलरमा खरिद गर्नु पर्ने छ ।

द एक्स ब्याण्ड तथा पासा ब्याण्डको साथै शुभारम्भमा केही अन्य कलाकारहरुले समेत प्रस्तुती दिने छन् । कार्यक्रम प्रस्तोताहरुमा बबिता प्रधान तथा श्री श्रेष्ठले गर्नेछन ।

कार्यक्रम एकेबि कम्पनि तथा नाइन इभेन्ट्सको साथमा आशिष संग्रौला सहितको संलग्नतामा कार्यक्रमको आयोजना हुनेछ ।

प्रतिक्रिया