दुर्घटनास्थलमा सहयोगको बाहनामा मोटरसाईकल चोरी गर्ने व्यक्ती पक्राउ

इनेप्लिज २०७९ पुष १९ गते २३:१२ मा प्रकाशित

ईलाका प्रहरी कार्यालय सालझण्डी

मिति २०७९/०९/१९ गते

पुर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको घटनास्थलमा गई घाईतेलाई उद्दार गरेको बाहना बनाई मोटरसाईकल चोरी गरी फरार भएका एकजना व्यक्ति पक्राउ परेका छन् ।

यहिँ पौष ९ गते दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगर नजिकै महेन्द्र राजमार्गमा कपिलवस्तुको तौलिहवाका ईम्तियाज अहमद रंगरेजले गाई बचाउन खोज्दा पैदल यात्रीलाई ठक्कर दिई आफुसमेत मोटरसाईकल दुर्घटनामा पर्छन्। उनी तुरुन्तै आफू उठी पैदल यात्रीलाई नजिकै रहेको मेडिकलमा पुर्याउन थाल्छन् । उनलाई एकजना स्थानिय युवा जस्ता देखिने व्यक्ति आई घाईते भएका पैदल यात्रीलाई उठाएर स्थानिय मेडिकलमा लैजान सहयोग गर्छन ।

घाईते भएका पैदल यात्रीलाई के छ कस्तो छ भनी चोटपटक लागे नलागेको हेर्छन र मलमपट्टीमा आफन्तझै बनेर सहयोग गर्छन । तौलिहवाका मोटरसाईकल चालक अहमद रंगरेजले ति सहयोगी युवा पक्कैपनि घाईतेको आफन्त वा कोहि स्थानिय हुनसक्ने अनुमान गर्छन । घटनाको १० मिनेट भैसक्दापनि ति युवाले घाईते र मोटरसाईकल चालकप्रति उदारताका साथ सहयोगीको भुमिका निर्वाह गर्दछन् ।

घाईतेलाई मेडिकलले बुटवल रिफर गरेपछि म यहिँ भित्र पार्किङ गरि राखिदिन्छु तपाँई राम्रोसँग उपचार गरेर आउनुहोस् भन्दै मोटरसाईकलको साँचो चालकबाट लिई ति युवाले मोटरसाईकल चालकलाई घाईतेसँगै एम्बुलेन्समा बुटवलतर्फ पठाउँछन्। साँझ घाईतेको उपचार गरी लिईआएपछि मेडिकलमा गई मोटरसाईकल खोज्दा त मोटरसाईकल त सहयोगी युवाले मेरो साहुजीको मोटरसाईकल हो म लिएर जान्छु उतै घरमै पर्याईदिन्छु भनी लिएर गएको बताएपछी बल्ल रंगरेजले आफ्नो लु २० प ७०४४ नं को मोटर साईकल चोरी भएको थाहा पाउँछन् र तत्कालै सालझन्डी प्रहरीमा खबर गर्छन ।

त्यस्तै पौष १६ गते राती सैनामैना नगरपालिका वडा नं ७ आमी बजारको टेक बहादुर छन्तेलले सञ्चालन गरेको पसलबाट सामसुङ मोबाईल, रु १००, १०,५,२,१ का फुटकर नोटहरु गरी रु २,२१७।-(दुई हजार दुई सय सत्र) नगद र टेक बहादुर छन्तेलकै नामको मतदाता परिचय पत्रको सक्कल प्रति पनि चोरी भएकोमा १७ गते बिहान सालझन्डी प्रहरीलाई खबर हुन्छ ।

तत्काल खोजतलासको लागी ईलाका प्रहरी कार्यालय सालझन्डीको प्रहरीले राखेको चेकपोईन्टमा चोरिएको जस्तै हुलिया भएको को हिरो मोटर साईकल रोक्न खोज्दा भागेपछि मोटरसाईकललाई पिछा गर्दै जाँदा जिल्ला रुपन्देही कञ्चन गाँउपालिका २ गोफ्लापुर बस्ने २४ वर्षीया सागर बुढाथोकीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले चलाएको मोटरसाईकल पौष ९ गते नै चोरी भएको मोटरसाईकल रहेको र उनलाई खानतलासी गर्दा १६ गते राती पसलबाट चोरी भएको सामान र पैसा, टेक बहादुर छन्तेलको मतदाता परिचयपत्र समेत गोजिबाट फेला पारी तत्कालै पक्राउ गरी मोटरसाईकल धनी तौलिहवाका रंगरेजलाई सनाखत गराऊँदा आफुलाई सहयोगको बाहना गरी मोटरसाईकल चोरी गर्ने मानिस सागर बुढाथोकी नै भएको, मोटरसाईकलको नम्बर प्लेट समेत फेरि लु १७ प ४६५६ बनाईसकेको पाईएपछि र टेक बहादुर छन्तेलले आफ्नो किराना पसलमा चोरी गर्ने समेत उहिँ नै भएको भनि जाहेरी दिएकोमा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता र म्याद थप भई थप अनुसन्धान भैरहेको छ ।

प्रवक्ता

प्रहरी नायव उपरिक्षक

श्यामु अर्या

प्रतिक्रिया