वाशिंगटन डिसीमा तेश्रो पटक महिला नगर प्रमुख म्युरिएल बाउजरद्वारा सपथ ग्रहण

इनेप्लिज २०७९ पुष १८ गते २३:३४ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा तेश्रो पटक महिला नगर प्रमुख म्युरिएल बाउजरले सपथ ग्रहण लिएकी छिन । उनि डेमोक्र्याटिक दलकी हुन् ।

हर्षोल्लास साथ समर्थकहरूले भरिएको कोठाको बीचमा बाउजरले तेस्रो पटक डिसी नगर प्रमुख(मेयर)को रूपमा शपथ लिएकी छिन । आफ्नो उद्घाटन सम्बोधनमा नगरको विद्यालय प्रणालीलाई विद्यालय अघि र पछिका कार्यक्रमहरूमा नि:शुल्क गर्ने वाचा गरिन्।

समारोहमा जिल्लाको नयाँ महान्यायाधिवक्ता लगायत नयाँ परिषद सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

वाशिंगटन सम्मेलन केन्द्रमा डिसी पुनरावेदन अदालतकी मुख्य न्यायाधीश अन्ना ब्ल्याकबर्न-रिग्स्बीले पदको सपथ ग्रहण गराएकी थिइन् ।

उनको प्रशासनले आगामी चार वर्षमा “छवटा ठूला क्षेत्रहरू” मा ध्यान केन्द्रित गर्ने उनले सम्बोधनमा बताइन ।

प्रतिक्रिया